शखंधर नामक उपन्यास लोकार्पण गरियो



काठमाडौं (नेस) ।
आदिवासी जनजाति आन्दोलनका अगुवा समेत रहनुभएका साहित्यकार मल्ल के सुन्दरको शखंधर नामक उपन्यास लोकार्पण गरिएको छ ।

नेवाः जागरण मञ्चले प्रकाशन गरेको सो उपन्यास एक समारोकाबीच शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले लोकार्पण गर्नुभयो । सो उपन्यासमा नेपाल संवत्का प्रर्वतक शखंधर साख्वा र नेपाल संवत् चलाएको बारे पुस्तकमा उतारिएको छ ।
‘यो कृति ऐतिहासिक दस्तावेज होइन । शखंधर साख्वाले नेपाल संवत् चलाउँदाको अवस्थाबारे अहिलेसम्म उपलब्ध ऐतिहासिक तथ्यलाई अध्ययन गरेर लेखिएको हो । यो परिकल्पनामा आधारित आख्यात्मक कृति हो ।’ साहित्यकार मल्लले भन्नुभयो ।

सो अवसरमा नेपाल भाषा अकाडेमीका चान्सलर चित्तरञ्जन नेपाली, जनकवि दुर्गालाल श्रेष्ठ र नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन अग्रणी भूमिका निर्वाह गर्नुभएका पद्मरत्न तुलाधर र नेवाः जागरण मञ्चका अध्यक्ष सुजीव बज्राचार्य लगायतले बोल्नुभएको थियो ।

एक महिना अघि मल्लको संसदीय व्यवस्थाको विकृति बारे केन्द्रीत ‘द पोस्टर नामक’ उपन्यास प्रकाशित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्