अन्नबाली छाडेर खुर्सानी खेतीमा



तनहुँ,जिल्लाको ऋषिङ गाउँपालिका– १ निवासी ४५ वर्षीय रेशबहादुर आले राम्रो आम्दानी हुन थालेपछि खुर्सानी खेतीतर्फ आकर्षित हुनुभएको छ ।

आलेले करिब दुई रोपनी जग्गामा नामधारी र अकबरे जातका खुर्सानी खेती गरेर मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।

घैया धान, मकै, कोदो खेती गरेर वर्षभरिमा रु १० हजार पनि कमाउन धौ धौ भएकाले खुर्सानी खेतीतर्फ लागेको र यसबाट वार्षिक रु ८० देखि ९० हजारसम्म कमाउँदै आएको कृषक उहाँले बताउनुभयो । उहाँले अकबरे प्रतिकिलो रु २०० र नामधारी रु १२० प्रतिकिलोमा बिक्री गर्दै आउनुभएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्