काभ्रेमा ४१ हजार बढी मतदाता थपिए



मोतीराम तिमल्सिना, काभ्रे ।

दोस्रो चरण अन्तर्गत मसिंर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा २ लाख ७२ हजार २ सय ८७ मतदाताले मतदान गर्न पाउने भएका छन् । यो संख्या स्थानीय तहको निर्वाचन भन्दा ४१ हजार ४ सय ३८ धेरै हो ।

जिल्लामा रहेका कुल मतदाताहरु मध्ये महिला १ लाख ३५ हजार ३ सय ९७, पुरुष मतदाता १ लाख ३६ हजार ८ सय ८९ र तेश्रो लिंङ्गी १ जना रहेका छन् । महिला मतदाता भन्दा पुरुष मतदाताको संख्या १ हजार ४ सय ९२ ले मात्रै धेरै छ । जिल्ला निर्वाचन कार्यालय काभ्रेका निर्वाचन अधिकारी मधुकर पोखरेलका अनुसार जिल्लामा फोटो सहितको मतदाता नामावलीमा फोटो खिचाउनेहरुको संख्या जिल्ला भित्रको २ लाख ७१ हजार ८ सय ४१, जिल्ला बाहिरको ८ सय ४० रहेको थियो ।

काभ्रे जिल्लामा जन्मिएर विभिन्न स्थानबाट फोटो खिचाउनेहरु सहितको नामावली जिल्लामा प्राप्त भएको छ । स्थानीय तहको निर्वाचनमा २ लाख ३० हजार ८ सय ४९ मतदाताको नामावली प्रकाशन भएको थियो ।

निर्वाचनका लागि जिल्लामा १ सय ८९ मतदान स्थल परिवर्तन भएको छैन । ३ सय ७ वटा मतदान केन्द्र मतदाता संख्या बढेपछि केहि बढ्ने सम्भावना देखिएको छ । १ हजार ६४ मतदाता बराबर एक मतदान केन्द्र निर्धारण हुनेछ ।

प्रतिनिधि सभाका लागि दुईवटा मात्रै निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चोक जिल्लामा सबै भन्दा धेरै मतदाता दुई नम्वर क्षेत्रमा रहेको छ । जसमा ६८ हजार ९ सय ९० पुरुष, ६९ हजार ५ सय २२ महिला मतदाता रहेका छन् । जम्मा मतदाताको संख्या १ लाख ३८ हजार ५ सय १२ रहेको छ । क्षेत्र नम्बर १ मा ६७,८९९ पुरुष, ६५, ८७५ महिला गरी १ लाख ३३ हजार ७ सय ५५ जना मतदाता रहेका छन् ।

प्रदेश सभामा सबै भन्दा धेरै पुरुष ३५, १४४, महिला ३६, १६८ गरी जम्मा मतदाता ७१ हजार ३ सय १२ रहेका छन् । सबै भन्दा कम क्षेत्र नम्वर १ मा पुरुष ३४०२४, महिला ३२२५९ गरी जम्मा मतदाता ६६ हजार २ सय ८३ रहेका छन ।

क्षेत्र नम्वर २ मा पुरुष ३३, ८७५, महिला ३३६१६, तेश्रो लिंगी १ गरी जम्मा मतदाता ६७ हजार ४ सय ९२ जना रहेका छन् । क्षेत्र नम्वर ३ मा पुरुष ३३ हजार ८ सय ४६, महिला ३३, ३५४ गरी जम्मा मतदाता६७ हजार २ सय रहेका छन् ।

प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा मतदाता

६७,८९९ पुरुष, ६५, ८७५ महिला
जम्मा मतदाताः १ लाख ३३ हजार ७ सय ५५

प्रतिनिधि सभा क्षेत्र नम्वर २ मा मतदाता
६८, ९९० पुरुष, ६९,५२२ महिला
जम्माः १ लाख ३८ हजार ५ सय १२

प्रदेश सभा क्षेत्र नम्वर १
पुरुष ३४,,०२४, महिला ३२२५९
जम्मा मतदाताः ६६,२८३

प्रदेश सभा क्षेत्र नम्वर २
पुरुष ३३,८७५, महिला ३३,६१६, तेश्रो लिंगी १
जम्म मतदाताः ६७,४९२

प्रदेश सभा क्षेत्र नम्वर ३
पुरुष ३३, ८४६, महिला ३३, ३५४
जम्मा मतदाताः ६७,२००

प्रदेश सभा क्षेत्र नम्वर ४
पुरुषः ३५,१४४, महिला ३६,१६८
जम्मा मतदाताः ७१,३१२

 

प्रतिक्रिया दिनुहोस्