एमालेले टिकट नदिएपछि कांग्रेस, राप्रपा छाडेर एमाले भएका गुण्डा नाईके दीपक मनाङे स्वतन्त्रबाट लड्ने



काठमाडौं । राजीव गुरुङ भनिने दीपक मनाङेलाई अन्ततः एमालेले टिकट नदिने भएको छ। प्रदेशसभाका लागि सिफारिसमा परेका मनाङेलाई टिकट दिने तयारी गरेको भन्दै एमालेको आलोचना समेत भएको थियो।

मनाङबाट प्रदेशसभाका लागि स‍‍र्वसम्मत सिफारिस भएका उनको नाम एमाले केन्द्रले काटेको हो।

एमालेले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्।

टिकट नपाएपछि उनले भने ुमलाई जनताले पत्याएका छन् त्यसैले म स्वतन्त्रतर्फ उम्मेद्वारी दिँदै छु।ु

कांग्रेस हुँदै राप्रपा मनाङका अध्यक्ष रहेका मनाङे केही समयअघि मात्र एमालेमा प्रवेश गरेका थिए। पार्टी प्रवेशसँगै उनको नाम प्रदेशसभाका लागि सिफारिस भएको थियो।

प्रतिक्रिया दिनुहोस्