केटीका कारण कल्याणमाथि गोली प्रहार भएकाे खुलासा, मुख्य अभियुक्तसहित पाँच पक्राउ



काठमाडौँ । काठमाडौंको सोह्रखुट्टे नजिकै म्हैपीमा आज बिहान केटीको विषयमा विवाद हुँदा गोली चलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ठमेलको सिएन डिस्कोमा केटीको विषयमा भएको झगडालाई लिएर म्हैपीमा कल्याण गुरुङमाथि गोली चलेको बुझिएको छ । प्रहरीले दिएको जानकारी अनुसार आइतबार बिहान करिव ४ बजे बा ५७ प ६९५७ नम्बरको स्कुटरमा सवार रानीबारी बस्ने गरेको अन्दाजी २९ बर्षीय कल्याण गुरुङमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । गुरुङलाई कारमा आएका युवकले एक राउण्ड गोली प्रहार गरेका थिए । उक्त गोली गुरुङको घुँडामुनी लागेको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई युवतीसहित पाँच जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रमुख एसएपी रविन्द्र धानुकले आजकोन्युजलाई बताए । उनले मुख्य अभियुक्त पनि पक्राउ परको बताए ।

प्रतिक्रिया दिनुहोस्