आजको राशिफल



बि.स.२०७४ कार्तिक ०४ गते । शनिबार । ईश्वी सन् २०१७ अक्टोबर २१ तारिख । नेपाल सम्बत् १९३८ । साधारण संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९३९ । कार्तिक शुम्ल पक्ष । तिथि द्धितिया ४८ घडि ३८ पला,रातको १ बजेर ३५ मिनेट उप्रान्त तृतिया । नक्षत्र स्वाती १० घडि १४ पला,बिहान १० बजेर १३ मिनेट उप्रान्त विशाखा । योग प्रिती २५ घडि १५ पला,बेलुका ४ बजेर १४ मिनेट उप्रान्त आयुष्मान । करण वालव,दिउसो १२ बजेर ५७ मिनेट उप्रान्त कौलव,रातको १ बजेर ३५ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा सिद्धि योग । चन्द्रराशि तुला ।

यमद्धितीया । किजापूजा । भाईटिका ।

काठमाडौंमा सूर्योदय ६ बजेर ०८ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर २७ मिनेट जादा । दिनमान २८ घडी १९ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन तथा अध्यापनमा तपाईले गरेको लगानिबाट सार्थक नतिजा आउँनाले मन प्रशन्न हुँनेछ । माया प्रेममा गर्ने जोडिहरुले आफ्नो सम्बन्धलाई बिबाहमा रुपान्तरण गरि अगाडि बढ्ने समय रहेकोछ । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्नसकिनेछ । मन परेको भौतिक बस्तु तथा बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने हुँदा मन प्रफुल्लित हुँनेछ । व्यापारको शिलशिलामा लामो दुरियो उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने व्यापार बिस्तार गरि मनग्गे आम्दानि गर्न सकिनेछ । जीवन साथि तथा आफ्नो बिषेश मानिसको सहयोगले आम्दानिको दायरा बढाउँन सकिनेछ ।

शुभ अंक — १,४ शुभ दिशा — दक्षिण

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) सत्रुलाई परास्त गर्न सकिनेछ भने व्यालय तथा अदालतबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँनेछ । पढन पाढनमा प्रगति गरि आफन्त तथा गुरुवर्गहरुलाई खुसि राख्न सकिनेछ । प्रेम सम्बन्ध सुदृड हुँनेछ भने घर परिवारमा आत्मियता बढ्नेछ । पुराना तथा थाति रहेका कामहरु साथिभाईहरुको सहयोगमा समयमानै सकाउँन सकिनेछ भने लेनदेनका मुद्दाहरु सल्टाउँन सकिनेछ । व्यापारमा व्यावसायमा प्रतिष्पर्धा आम्दानि बढाउँन सकिनेछ । नोकरिमा सहकर्मीहरुलाई किनारा लगाउँदै अग्र स्थानमा तपाईको नाम आउँनेछ भने पदोन्नतिको गतिलो सम्भावना रहेकोछ ।

शुभ अंक — २,६ शुभ दिशा — पश्चिम

शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा समय दिन नसक्दा आफ्नो प्रिय मित्र टाडिने तथा पति पत्नि बिच घरायसि कुरामा बिवाद बढ्न सक्छ । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । बौद्धिक ब्यात्तित्व तथा अग्रजहरु सँग सैद्धान्तिक मतभेद रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला ।

शुभ अंक — ३,९ शुभ दिशा — दक्षिण

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट केहि मात्रमा लाभ लिन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । ब्याबस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ । आत्मिय मित्र तथा आमा सँग छुट्टिएर लामो दुरिका यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ । पढाई लेखाईमा नतिजा आफ्नो पक्षमा पार्नको लागि अरुदिन भन्दा बढि मेहनेत गर्नुपर्नेछ ।

शुभ अंक — ४,५ शुभ दिशा — पश्चिम

शुभ रंग — प्याजी कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)छोटो दुरिको व्यावसायिक यात्राको तय हुँनेछ भने यात्राका क्रममा साथिभाई सँग रमाईलो गर्दै दिनलाई रंगिन बनाउँन सकिनेछ । दाजुभाईसँग मिलेर गरिने कुनै पनि व्यावसाय फस्टाएर जानेछ भने राम्रै आम्दानि हुँने तथा रोजगारिका अवसरहरु जुट्नेछन् । आट तथा साहस बढेर जानेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । अध्यानमा प्रगति भएर जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । खेलकुद तथा यस्तै शाहशिलो काममा समय लगानि गर्नेहरुले सकारात्मक नतिजा हात पार्नेछन् ।

शुभ अंक — ५,८ शुभ दिशा — उत्तर

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)पारिवारिक असमझ्दारिले बिभिन्न किसिमका समस्याहरु उत्पन्न हुँनेछ भने कुटुम्बसँग मनमुटाब बढ्ने हुँनाले तपाईदेखि टाडिने अधिक सम्भावना रहेकोछ । साथिहरुको लहैलहैमा लाग्नाले पढन पाढनमा अरुभन्दा पछि परिनेछ । बिज्ञापन तथा प्रचार प्रसारमा समय दिदा व्यापार व्यावसायमा आम्दानि बढाउँन सकिनेछ । बाहिरि खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउँनेछ । प्रेम सम्बन्धमा एकले अर्कालाई शंका गर्नाले मनमुटाब बढ्नेछ । समय र परिस्थितिको अध्ययन नगरि बोल्दा वा कुनै निर्णय गर्दा मान सम्मानमा कमिको महशुष हुँनेछ ।

शुभ अंक — ३,६ शुभ दिशा — पश्चिम

शुभ रंग — प्याजी कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँनाले सार्वजनिक पद पाउँने योग रहेकोछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुँनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ ।

शुभ अंक — ४,७ शुभ दिशा — उत्तर

शुभ रंग — सुन्तला कार्य सद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा घर परिवारबाट टाडिएर यात्राको तय गर्दा मन खिन्न हुँनेछ । लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि भुमिमा बसेर गरिने व्यापार व्यावसाय फस्टायर जानेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने तथा औषधि उपचार खर्च बढेर जाने योग रहेको छ । शैद्धान्तिक बिषयमा आफन्त तथा अग्रज ब्याक्तित्वहरु सँग बिवाद सिर्जना हुँनेछ । समयको सहि सदुपयोग नगर्नाले दुख पाईनेछ भने तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुँनेछ ।

शुभ अंक —४,८ शुभ दिशा — पुर्व

शुभ रंग — गुलावी कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) एक साथ अनेक काम गरि आम्दानि बढाउँन सकिनेछ । दाजुभाईको सहयोगले उत्पादनमुखि कामहरु गर्न सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रबाट आयस्रोतमा बृद्धि हुँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने प्रयत्न गर्दा पुराना बाकि रहेको रुपैया पैसा उठ्नेछ । भौतिक बस्तु तथा स्थाई सम्पति प्राप्तीको योगलाई नकार्न सकिदैन । सानो सानो रकम परिचालन गरि नसोचेका धन प्राप्त हुँने योग रहेकोछ । घरायसि स्रोत साधनको परिचालन गर्न सकिने तथा त्यस्ता साधनको य्रयोेग गर्दा भबिष्यमा आम्दानि बढ्नेछ । पढाई लेखाईमा मन जानेछ भने माया प्रेममा नजिक हुँने समय रहेकोछ ।

शुभ अंक — ३,६ शुभ दिशा — उत्तर

शुभ रंग — प्याजी कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) परिवारमा सबैसँग सौहार्दपुर्ण बाताबरणमा रमाउँन पाउँदा रमाईलो महशुष हुँनेछ । लामो समयदेखि भेट नभएका आफन्तसँग भेटघाट हुँनेछ भने मिठा मिठा परिकारका साथ समय बिताउँन सकिनेछ । अध्ययनमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकिनेछ । माया प्रेम तथा प्रणय सम्बन्धमा भाफ्ना मनका कुराहरु खुलेर राख्न पाउँदा मन प्रशन्न हुँनेछ । व्यापार व्यावसायमा भने समय दिन नसक्दा आम्दानि न्युन हुँनेछ । खेलकुद तथा यस्तै क्रिर्याकलापमा जित हात पार्न सकिनेछ भने नयाँ काम पाउँने प्रवल सम्भावना रहनेछ ।

शुभ अंक — १,४ शुभ दिशा — पुर्व

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) धार्मिक तथा शैक्षिक यात्रा गर्ने पर्याप्त सम्भावना भएपनि बिभिन्न कारणले स्थगित हुँनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिर यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने समय रहेकोछ । आफन्त तथा स्टमित्र सँग सन्तुलित व्यावहार गर्नुहोला घरायसि कुरामा राय बाजिनेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटाव बढ्ने योग रहेकोछ । खोज तथा अनुसन्धानमा कुनै नतिजा आफ्नो पक्षमा ल्याउँन प्रयाप्त समय दिनुपर्नेछ । सामाजिक कामहरु आरम्भ गर्दा प्रयाप्त तयारि गर्नुहोला कामहरु समयमा नबन्ने तथा मान सम्मानमा कमि कमजोरि भएको महशुष हुँनेछ ।

शुभ अंक — २,७ शुभ दिशा — दक्षिण

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पारिवारिक जमघट तथा सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन गर्ने अवसर जुर्नेछ । बिद्यामा तथा प्रतिश्पर्धामा तपाईकै जित निश्चित छ । दिदिबहिनिबाट भनेजस्तो सहयोग प्राप्त हुँने हुँनाले मन प्रशन्न रहनेछ । भौतिक शुख सुबिधा एबम् सत्कार मिल्ने समय रहेको छ । समाजमा नाम तथा दाम कमाउने तथा ईज्जतिलो काम गर्ने अवसर मिल्नेछ भने मान,सम्मान,प्रतिष्ठामा बृद्धि भएर जानेछ । आर्थिक क्षेत्र सबल बनाउँन गरिने लगानिबाट राम्रो प्रतिफल पाईने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरु घट्न सक्छ ।

शुभ अंक — ३,६ शुभ दिशा — पुर्व

शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।

प्रतिक्रिया दिनुहोस्