‘कांग्रेसले मलार्इ उपसभापति दिनुपर्छ’



विराटनगर । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेस मधेशी, थारु र जनजातिको विषय सम्बोधन गर्ने समान विचारधारा बोकेका पार्टी भएकाले एकीकरण भएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले लोकतान्त्रिक फोरम र काँग्रेसबीचको एकीकरणपछि सात वटै प्रदेशमा काँग्रेस लहर उत्पन्न भएको दाबी गर्नुभयो ।

पार्टी एकीकरणका क्रममा कांग्रेससँग आफूलाई उपसभापति पद दिने समझदारी भएको जिकिर उहाँले गर्नुभयो । फोरम लोकतान्त्रिकका कार्यकर्तालाई पनि केन्द्रदेखि वडासम्म सम्मनजनक ढंगले पद दिने सहमति भएको वच्छदारले प्रष्ट पार्नुभयो ।

गच्छदारले मधेशको माग सर्वप्रथम आफूले उठाएको बताउँदै आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्न संसद् अवरुद्धसमेत गरिएको स्मरण गराउनुभयो । आफू सदैव मधेशको समस्या समाधान गर्न क्रियाशील रहेको गच्छदारले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्