भीभीआईपीको भताभुंग घरपरिवारः लोग्ने-स्वास्नी किचलो कसको कति ?



काठमाडौँ।
कांग्रेसका नेता तथा बहालवाला रक्षामन्त्री बालकृष्ण खाँड

नेपाली कांग्रेसका नेता तथा पुर्व रक्षामन्त्री बालकृष्ण खाँडले सरकारी वकिल तथा पछि न्यायाधीश बनेका तेजबहादुर कार्कीकी श्रीमती मञ्जुसँग विवाह गरे । तेजबहादुरको जागिरबाट कमाई गरी सञ्चय कोष समेत गरेर बल्ल तल्ल गरी बनाइएको घर मञ्जुका नाममा थियो । कार्कीको घरसहित श्रीमती समेत दोस्रो विवाह गरी गएपछि नखाएको विष उनलाई लाग्यो । कार्कीकी श्रीमती मञ्जु घरसहित पोइला गएपछि एक जना छोराको समेत बाल मस्तिष्कमा नराम्रो असर पुगेको थियो । त्यो अवस्था देख्नेहरु यदि भगवान भएको भए किन तेज बहादुरलाई मात्रै अनिष्ट हुन्छ भनि प्रश्न गर्दछन् । कार्की अहिले बालकोटमा अर्की श्रीमती विवाह गरेर बसेका छन् । उनको रामप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश भएको समयमा जागिर गएको थियो । देल्लीमा कानुन विषयमा स्नातकोत्तर अध्ययन गर्न गएका बेला श्रीमती मञ्जु बालकृष्ण खाडसँग गएकी हुन् । अहिले न पेन्सन छ न त सञ्चयकोषमा सापटी लिएर बनाएको घर ।

एमालेका नेता तथा पूर्व सभामुख सुवास नेम्बाङ

एमालेका नेता तथा पूर्व सभामुख सुवास नेम्बाङले जेठी श्रीमतीसँग मनमुटाव भएपछि विवाह भएको १५ दिनमै कान्छी बिशालनुमा नेम्बाङसँग दोस्रो विवाह गरे । त्यसैकारण उनी कहि पनि भोजमा श्रीमती नलिइकनै जाने गरेका छन् । कान्छी विशालनुमा पनि पूर्व सभामुखको श्रीमती भनेर कहि कतै चिनाउने गर्दिनन् । लामो समय सभामुख बनेका नेम्बाङकी श्रीमतीलाई संसद सचिवालयका सचिवले पनि चिनेनन् ।

खानेपानीमन्त्री प्रेमबहादुर सिंहका तीन श्रीमती

पुर्व खानेपानी तथा सरसफाईमन्त्री प्रेमबहादुर सिंहका दुईवटा श्रीमतीहरु ज्ञान कुमारी सिंह र पद्मा सिंह चन्द्रागिरी नगरपालिकामा बस्दछन् । तर, उनी चाहिँ तेस्री श्रीमती नलिनी सिंहलाई लिएर नयाँ घरबार चलाएका छन् । साथै स्वकीय सचिव पनि नलिनी नै छन् । उनका जेठी र माहिली श्रीमतीले कतै बहुविवाहको उजुरी नगरेको स्रोतको दावी छ । मन्त्री सिंहका एक छोरा र तीन छोरी छन् । उजुरी नै गरेपनि बहुविवाहमा मन्त्रीलाई नै प्रहरीले कसरी थुन्न सक्थ्यो र ? नेपाल मजदूर किसान पार्टीको सदस्य र नेता हुँदै एमाले पार्टीबाट राष्ट्रिय सभामा सदस्य र कानुनमन्त्री बनेका सिंह आफ्नै नेतृत्वमा नयाँ पार्टी समाजवादी जनता पार्टी खोलेर २०६४ र २०७० सालको संविधानसभाको समानुपातिक एक सिटे प्रतिनिधित्व गरेका छन् । तथापि सिंह सदावहार मन्त्री बनेर सबैलाई चक्मा ख्वाएका छन् ।

पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द

पूर्व प्रधानमन्त्री तथा राप्रपाका नेता लोकेन्द्र बहादुर चन्दका दुईवटा श्रीमती छन् । तर चन्दका श्रीमतीहरु बीच सतहमै आएर झगडा नहुने गरेको छिमेकीहरु बताउँछन् ।

सौता खेप्न बाध्य शान्ता चौधरी

एमालेकी पूर्वसभासद शान्ता चौधरी ९जो पूर्व कमलरी पनि हुन्० का श्रीमान् हरि प्रसाद चौधरीले अर्को श्रीमती विवाह गरेको पहिलो सूचना आफ्नै छोराार्फत मोबाइल फोन गरि जानकारी दिए । तरपनि चौधरीले बहुविवाहको उजुरी गरिनन् । हरिप्रसादले शान्ताले समय नदिएको भन्दै आफूभन्दा आधा उमेर कान्छी रोल्पाली नानीलाई श्रीमतीका रुपमा भित्राए ।

कांग्रेस नेता ढुण्ढिराजका शास्त्री तीन श्रीमती

कांग्रेसका बौद्धिक नेता भनिएका ढुण्ढिराज शास्त्रीका चारवटा त कानुनी रुपमै र थुप्रै ‘रख्यौल’का रुपमा श्रीमती राखेका थिए । अहिले बुढेसकालमा तीनवटा मात्रै श्रीमती छन् । उनी देवघाटमा अर्को घर बनाएर बढेसकालको दिनचर्या बिताएका छन् ।

जेठी हुँदाहुँदै घरवेटीकी छोरी भगाउने पूर्व न्यायाधीश निलकण्ठ उपाध्याय

जिल्ला न्यायधीशमा दुई दशक बिताएर बल्ल तल्ल पुनरावेदन अदालतमा उक्लिएका पूर्व न्यायधीश निलकण्ठ उपाध्यायले स्याङ्जामा सरकारी वकिल हुँदा घरवेटीकी छोरी नै उडाइदिए । उनकी जेठी श्रीमती पर्वतको गाउँबाट बुटवल आएर कान्छीलाई भुत्ल्याएपछि बल्ल तल्ल पुनरावेदन अदालतका न्यायाधीशले छुट्टाएको रमाइलो कहानी छ । अहिले कान्छी श्रीमतीसँग उनी अवकासको जीवन धापासीको घरमा बिताइरहेका छन् ।

डिभोर्सका धनी न्यायाधीश हरिप्रसाद पौडेल

केहि समय अघि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको कोटामा बिराटनगर उच्च अदालतको न्यायाधीशमा नियुक्त हरिप्रसाद पौडेलले डिभोर्स एण्ड कम्पनी नै खोलेर थुप्रैलाई पीडा दिएका रहेछन् । उनका विरुद्धमा एक जना पीडित दिपेन्द्र अधिकारीले त उपन्यासका रुपमा पुस्तक नै छपाए । उनको त्यो उपन्यास पुर्व प्रधानन्यायाधीश दामोदर शर्माले बिमोचन गरेका थिए । अहिले डिभोर्स कम्पनीका मालिक नै न्यायधीश बन्ने भाग्य पैसाका भोका नेताले बनाइदिए पछि तनहूँका कांगे्रस वकिलहरुमा भूइचालो नै गएको छ ।

मेडिकल डाक्टर चोपलाल भुषाल

कांग्रेस कोटामा बंगलादेशका लागि राजदूतमा सिफारिस गरिएका मेडिकल डाक्टर चोपलाल भुषालले एक श्रीमती सुशीला शर्मा हुँदा हुँदै अर्की श्रीमती पुष्पा भुषालसँग विवाह गरे । संयोगवस जेठी राष्ट्रिय सभाकी सांसद बनिन् भने कान्छी पुष्पा पनि अर्घाखाँचीबाट २०६४ सालको संविधानसभामा प्रत्यक्षतर्फ चुनाव जितिन् । दुईवटै श्रीमतीलाई सांसद बनाउन सफल भुषालको राजदूत बन्ने अर्को बाटो पनि खुलेको छ । २०७० सालको संविधानसभामा भने उनै पुष्पा एमालेका दुमन थापासँग पराजित भइन् ।

डा। विश्वबन्धु शर्मा र अरुणा उप्रेती

वरिष्ठ मानसिक रोग विशेषज्ञ विश्वबन्धु शर्माले तनहुँ राइपुरमा पौडेल थरमा पहिलो विवाह गरे । पछि रुसबाट एमबीबीएस र एमडी गर्न जाँदा डा। अरुणा उप्रेतीसँग दोस्रो विवाह गरे । डा। अरुणा भित्रिएपछि कुनै वास्ता नगरेका कारण लामो समय जेठी श्रीमती माइतमै बस्न बाध्य भइन् । पछि परम्परा अनुसार विवाह गरेकी छोरी सधै माइतमा बस्दा नराम्रो हुने भन्दै बाबु आमाको अनुरोधमा घरमा पठाएको केहि दिनमै उनको रहस्यमय तरिकाले निधन भयो । उनका दाजु ऋषि पौडेल कृषि विकास बैंकमा अधिकृत थिए । उनले बहिनीको मृत्यु भएको खबर पाएपछि पोष्टमार्टम गर्नुपर्ने जिकिर गरे । आफ्नी बहिनीको अवस्था देखेर दाजु ऋषिलाई मानसिक असर पर्यो । पछि ऋषि बहिनीको चिन्ताले दुलेगौंडाको सेती नदीमा हाम्फालेर आत्महत्या गरे ।

फिल्म निर्माता उद्धव पौडेल

फिल्म निर्माता उद्धव पौडेललाई श्रीमतीले छाडेर अमेरिका गएका कारण एक्लो जीवन बिताएका छन् । पौडेल भरखरै राप्रपाको कोषाध्यक्ष समेत बनेका छन् ।

नायिका मौसमी सेन मल्ल

त्यसैगरी नायिका मौसमी सेन मल्ल चाहिँ श्रीमान् जापान कमाउन गएका बेला छापाखानाका मालिक रबि डंगोलसँग विवाह गरिन् । पहिलो श्रीमान् तर्फ उनका दुई छोराहरु छन् ।

श्रीमतीपीडित व्यापारी कृष्ण कायस्थ

नेबिको विस्कुटका मालिक कृष्ण कायस्थलाई श्रीमतीले छाडेर गएपछि सबै अचल सम्पत्ति गम्यो भन्दै व्यवहार सम्हाल्न नसकेर भूमिगत बनेका छन् । उनको सबै अचल सम्पत्ति श्रीमतीका नाममा थियो ।

आफ्नै स्वकीय सचिवलाई कान्छी बनाउने वामपन्थी नेता मोहन विक्रम सिंह

नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले आफ्नै स्वकीय सचिव दुर्गा पौडेलसँग दोस्रो विवाह गरे । अहिले खुल्ला मोर्चा राष्ट्रिय जनमोर्चाका तर्फबाट श्रीमती दुर्गालाई समानुपातिक तर्फबाट सांसद बनाएका छन् । सिंहकी जेठी श्रीमती शान्त सिंह कैलालीको टिकापुरमा शिक्षिका थिइन् । शान्तातर्फबाट एक छोरा र एक छोरी थिए ।

पुस्तक व्यवसायी नवनिधि पन्थः दिल्लीबाट दोस्रो विहे

राष्ट्रिय पुस्तक व्यवसायी महासंघका महासचिव नवनिधि पन्थले दुई छोरीकी आमा हुँदा हुँदै पनि दिल्लीबाट दोस्री श्रीमती विवाह गरे । १४ वर्ष अघिसम्म वुटवलको प्रकाश होटलमा रक्सीको चुस्कीमा १२ बजाउने र नालीमा सुत्ने गरेका उनी कान्छी सहित करोडौंको गाडीमा सवार गर्दछन् । तर, उनलाई राजश्व अनुसन्धानले छानविन गरिरहेको अर्का व्यवसायीले बताए ।

दुर्गा पंगेनीः बाख्रा गोठालो लगाएर जेठी श्रीमतीसँग छोडपत्र

बालोदय उच्च मावि विरुवा, पोखराका सञ्चालक दुर्गा पंगेनीले बाबुले विवाह गरिदिएका जेठी श्रीमतीलाई नाटकीय ढंगले छाडिदिए । जेठी श्रीमतीलाई छाड्नका लागि श्रीमती बाख्रा गोठालो गएका बेला अर्का बाख्रा गोठाले युवालाई पैसा दिएर अंगालो हाल्न लगाएर जबर्जस्ती पारपाचुके गरेका थिए । उनको गाउँको घर सातमुहाने कास्की हो ।

बाबुले सानै उमेरमा विवाह गरिदिएकी श्रीमतीलाई छुटाएपछि ट्राभल एजेन्सी खोलेका उनले गुल्मीकी कमला भण्डारीसँग दोस्रो विवाह गरे । त्यसपछि उनले बालोदय उच्च मा।वि।का प्रिन्सीपल नै बनाए । पंगेनीले असहाय र गरिब बालबालिकाहरु निशुल्क पढाउने भन्दै तीन रोपनी जग्गा एक जना जापानी दातालाई किन्न लगाएका थिए । तर, उनले कुनैपनि असहायलाई निःशुल्क पढाएका छैनन् ।

राणा प्रधानमन्त्री जुद्ध शमशेर

राणा प्रधानमन्त्री जुद्ध शमशेर जवराका दर्जनौं श्रीमतीका १७ भाइ छोरा र १३ वटा छोरी थिए । उनले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाका ससुरा बिनोद शम्शेरलाई २००८ सालमा बनारस गएपछि मात्रै छोराको रुपमा स्वीकार गरेका थिए । उनको परिवारमा श्रीमती, छोरा र नाति गरी १०१ जना थिए । जुद्ध शम्शेरलाई अधिवक्ता छोरी जनकराज्य लक्ष्मीको शाहको अनुरोधले विनोदकी आमालाई श्रीमती र बिनोदलाई छोराको दर्जा दिएका हुन् । छोरीकै प्रभावमा परेका कारण “ल्याइते” श्रीमतीलाई स्वीकार गरिएको चर्चा त्यो समयमा ब्याप्त थियो ।

विनोदकी श्रीमती प्रतिभा पनि ज्वाईको जोडबलले बुढेशकालमा जापानको राजदूत बन्न पाउने भाग्यमानी बनेकी छन् । पार्टीमा रामचन्द्र पक्षले विरोध गर्दा गर्दै पनि देउवाले सासुलाई विज्ञानराज्यमन्त्री र हालै राजदूतमा सिफारिस गरेका हुन् । रोचक कुरा के छ भने देउवा र सासु प्रतिभा ११ दिनको फरकमा जन्मेका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा

२०४६ सालको आन्दोलनका समयमा पढ्नका लागि बेलायत पुगेका शेर बहादुर देउवाले ज्योतिका नाममा पठाएको प्रेमपत्रका कारण ज्योति गौतम र हरि गौतमको सम्बन्धमा दरार पैदा भयो । दुई छोराकी आमा ज्योतिले पारपाचुके गरिन् । ज्योतिलाई शेर बहादुरले पठाएको प्रेमपत्र एक मासिक पत्रिकामा छापिए पछि हरिपनि कुनैहालतमा सँगे बस्न नसक्ने सोचमा पुगे ।

यसरी ज्योति पनि प्रा। डा। विश्वम्भर प्याकु¥यालसँग दोस्रो विवाह गरिन् । अहिले शेर बहादुरले विश्वम्भरलाई पे्रमिकालाई सिहारे वापत श्रीलंकाको राजदूत बनाएर गुन तिरेका छन् । शेर बहादुरले एक पटक ज्योतिलाई समाजकल्याण परिषद्को पनि कोषाध्यक्ष बनाएका थिए ।

कान्छी भित्र्याउन जेठीको हत्या गर्ने सशस्त्रका डीआइजी रञ्जन कोइराला

सशस्त्रका डिआइजी रञ्जन कोइरालाले श्रीमतीलाई हत्या गरे । उनी अहिले जेल जीवन बिताएका छन् । तर, त्यहाँ भित्र पनि थुप्रै कारुणिक कथाहरु जोडिएको जानकारहरु बताउँछन् । उनकी प्रेमिकासँग पूर्वमन्त्री तथा अपहरणकारी श्यामसुन्दर गुप्ता पनि जोडिएर कार्वाही अघि बढिरहेको छ ।

जर्मन पतिसँग डीभोर्स गर्ने सुजाता कोइराला

कांग्रेस नेत्री सुजाता कोइराला बाबु प्रधानमन्त्री बनेपछि आफ्ना जर्मनी श्रीमान् जोष्टलाई डिभोर्स गरेको भन्दै नेपाल आइन् । नेपालमा उनी बाबुकै जोडबलमा माधव नेपालको नेतृत्वमा बनेको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री बनिन् । त्यो समयमा उनले मेसिन रिडेबल पासपोर्ट बनाउन भारतीय कम्पनीलाई दिने जस्तो राष्ट्रघाती काम पनि गरिन् ।

पछि आन्दोलनको दवाव र सर्वोच्च अदालतमा रिट परेपछि हालकी प्रधानन्यायाधीश सुशीला कार्कीको फैसलाले खारेज गरिदियो । उनले छोरी मेलानी र आन्द्रेशलाई समेत गैर कानुनी ढंगले एनआरएनको परिचय पत्र दिलाइन् । ज्वाई रुबेल भने पारस शाहसँगको झगडा र गैरकानुनी काममा संलग्न भएको पाइएपछि बंगलादेश नै भाग्न बाध्य भए । उनलाई कांग्रेस नेता कृष्ण सिटौलाले विमानस्थलबाट सुरक्षित बाहिर पठाएका थिए ।

माओवादीका पूर्व सांसद रेणु चन्द र टेकेन्द्र भट्टको डिभोर्स

एकीकृत माओवादीमा प्रत्यक्षतर्फबाटै निर्वाचित रेणु चन्द र टेकेन्द्र भट्टले पारपाचुके गरे । उनीहरुका एक छोरी थिइन् ।

विना मगर र प्रकाश दाहाल

त्यसो त बिना मगरले पनि श्रीमान् छाडेर प्रकाश दाहालसँग दोस्रो श्रीमतीका रुपमा भित्रिइन् । जसका कारण माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई समेत ठूलो समस्या पारिदियो । प्रकाशलाई केहि समय पार्टीले पनि कार्वाही गर्यो यसरी हाम्रो समाजमा महिलाबाट महिला, पुरुषबाट महिला र महिलाबाट पुरुष पीडित भएका थुपै उदाहरणहरु रहेका छन् ।

माथिका नामहरु त केहि प्रतिनिधि पात्रहरु मात्रै हुन् । अहिले अन्तर्राष्ट्रिय नारी दिवस मनाईरहँदा समाजका अगुवा, मानवअधिकारवादी, राजनीतिज्ञ र बुद्धिजीबी भनिएकाहरु नै समाजमा विकृतीका पात्र बनिरहँदा पनि के न्यायमा समानपहुँच छैन रु के यो भन्दा बढि कठोर कानुनको आवश्यक्ता यहाँ छ रु वा २०२० सालमा बनेको मुलुकी ऐनको कारण सुधार गर्न नसकिएको हो रु अहिले नेपाली समाज धनी र समुन्नत बनिरहँदा पनि किन नैतिकमूल्य र मान्यताहरु ह्रास भएका छन् रु किन सामाजिक सद्भाव र नैतिक मूल्य र मान्यताहरु धरापमा परेका हुन् रु यो विषयमा गम्भिर हुनैपर्दछ ।

कानुनविद् धनन्जय खनाल भन्छन् ‘नेपालमा अहिले घरेलु हिंसामा कुनै कानुन बाधक छैनन् । पहिला पहिलाको जमनामा महिलाहरु पुरुषबाट पीडित थिए । अहिले महिला र पुरुषमा सम्पत्तिको हक लगायतका कुनैपनि विषयमा भेदभाव गरिएको छैन । तथापि सरकारले कानुनको मनसाय बमोजिम कार्यान्वयन गरेको छैन । यसरी कार्यन्वयनको पाटो मात्रै कमजोरी रहेको हो ।

उनी थप्छन् ‘अहिले सहरी क्षेत्रमा कानुनको ज्ञान भएका मानिसहरु भएतापनि गाउँ गाउँमा अझै चेतनाको कमि छ । सरकारले सशक्तिकरण गर्न नसक्दा यो अवस्था आएको हो । अहिले पनि गाउँमा बोक्सीका आरोपमा पीडा दिने गरिएको हामीले सुन्न र बुझ्न पनि पाएका छौँ । सचेतनाको सरकारी पाटो कछुवाको तालमा अघि बढेको छ । त्यो नै बिडम्बना हो ।’
विभिन्न अनलाईनको सहयोगमा

प्रतिक्रिया दिनुहोस्