रुकुममा बारी देखी खरबारी सम्म केराखेती !



धनवीर दाहाल, रुकुम (पश्चिम) । पश्चिम रुकुममा व्यवसायिक रुपमा केरा खेती गर्नेहरुको सख्या बढ्दै गएको छ । थोरै पुँजिबाट धेरै आम्दानी गर्न सकिने र कृषि कर्म अन्य अन्नबाली भन्दा कम गर्नुपर्ने भएका कारण कृषकहरु पछिल्लो समय व्यवसायिक केरा खेती तर्फ आकर्षित भएका हुन । यसअघि सानो तिनो परम्परागत रुपमा घरछेउमा केरा खेती गर्दै आएका कृर्षकहरु हिजोआज व्यवसायिक रुपमा ठुलो क्षेत्रमा खेती गर्न थालिएको हो ।

पश्चिम रुकुमको बाँफिकोट, झुला, छिबाङ, गरायला, सिम्ली, अर्मा र पुर्तिमकाँडामा पकेट क्षेत्रको रुपमा व्यवसायिक केरा खेती गर्ने गरेको पाईन्छ । रुकुम बाँफिकोट गाउँपालिका ९ छिनखेतका कृषक कमला शाहिले धान उत्पादन हुने आफ्नो जग्गामा केरा खेती गर्नुभएको छ ।
पछिल्लो समयमा सदरमुकाम तथा अन्य बजार केन्द्रहरुमा केराहरुको माग बढेपछि केरा खेतीतिर लागेको कृर्षकहरु बताउछन । हाल रुकुममा भारतको रुपैडिया, नेपालगञ्ज र दाङबाट समेत केराहरु बजारमा आउने गरेका कारण बाहिरको केरा बन्द गर्न र गाउँको केरा उत्पादनलाई सहयोग गर्न खेती गरेको उनीहरुको भनाई रहेको छ । पश्चिम रुकुम बाँफिकोटका बल बहादुर शाहिले पनि यसबर्ष ५ सय केराको नयाँ बोट लगाउनुभएको छ ।
केरा कृषकहरु बढेसगै अझै ब्यवस्थित तालिम र लगानी गरेमा झनै राम्रो व्यवसाय गर्न सकिने उनीहरुको भनाई रहेको छ । सरकारी स्तरबाट अनुदान, तालिम र अनुगमन गरे कृषकहरुको हौसला झनै बढ्ने रुकुम सिल्लीका नन्दराम ओलीको भनाई रहेको छ ।
अन्न बालीभन्दा खेरा खेतीबाट तेब्बर आम्दानी हुने उनीहरुको भनाई रहेको छ । त्यसकारण धान खेती तथा मकै खेती हुने जग्गामा समेत केराखेती गर्ने कृषकहरु बढ्दै गएका छन ।

 

प्रतिक्रिया दिनुहोस्