कांग्रेसले पनि लोप्पा खुवायो, यसरी जोकर बने बाबुराम !



काठमाडौं । बाम गठबन्धन छाडेर कांग्रेसको शरणमा पुगेका डा. बाबुराम भट्टराई फेरी जोकर बन्न पुगेका छन । गोरखामा सिट पाउने भन्दै कांग्रेस छिरेका भट्टराईलाई कांग्रेसले लोप्पा खुवाएपछि उनि एता न उताका भएका छन । पूर्वप्रशासक, कलाकार र केही जातिवादी नेताहरुलाई बोकेर वैकल्पिक राजनीतिक शक्ति स्थापना गरेका डा. बाबुराम भट्टराईलाई नेपाली कांग्रेसले पनि गोरखामा समर्थन नगर्ने भएको हो ।

एमाले र माओवादी गठबन्धनमा मिसिएका ड. भट्टराईले गोरखाको एउटा क्षेत्रमा चुनाव लड्न माग गरे । डा. भट्टराईको पार्टी एमालेको सूर्य चिह्नमै चुनाव लड्न तयार भएर आएको थियोा । तर माओवादी केन्द्रले गोरखामा बाबुरामलाई छोड्न नसकिने स्पष्ट पार्दै काठमाडौमा उनलाई एउटा क्षेत्र दिने कुरामा लचिलो हुन सकिने बतायो । गोरखा नपाएपछि बाबुराम गठबन्धनबाटै अलग भए । र, नेपाली कांग्रेससँग गोरखामा आफूलाई समर्थन गर्न अनुनयविनय गर्न पुगेका थिए ।

एमाले माओवादी गठबन्धनबाट निकै हतास भएको कांग्रेसले बाबुरामलाई सुरुमा गोरखाको एउटा क्षेत्र दिन सकिने आश्वासन दिएर अल्मल्यायो । तर मनोनयन हुने बेलासम्म पनि उनलाई कांग्रेसले गोरखामा समर्थन नगर्ने भनेपछि वाम तालमेलबाट अलग भएका बाबुराम तावाबाट खसेको माछो भुंग्रोमा जस्तै भएका छन् ।

वामपन्थी गठबन्धन वा कांग्रेस कतैबाट पनि समर्थन नपाएपछि बाबुरामलाई गोरखाबाट चुनाव जित्न असंभव देखिन्छ । त्यही भएर उनी वामबाट अलग भएर कांग्रेसको शरणमा पुगेका थिए । कांग्रेसले पनि उनलाई शरण दिने भनेर वाम कित्ताबाट अलग गरेर धोका दिएको छ । अब उनी यता न उताका भएका छन् ।
एमाले–माओवादी गठबन्धनसँग उनले १६५ प्रत्यक्षतर्फका सिटमध्ये गोरखाको एउटा क्षेत्रसहित १५ वटा मागेका थिए । नयाँशक्तिले खोटाङ, सिन्धुली, सप्तरी, रसुवा, ललितपुर, मकवानपुर, गोरखा, कपिलवस्तु, कैलाली लगायतका जिल्लामा प्रतिनिधिसभाको सिट दावी गरेको थियो । जबकि गोरखाबाहेक नयाँशक्तिको प्रभाव अरु कुनै जिल्लामा पनि छैन भन्ने कुरा स्थानीय तहको निर्वाचनबाट स्पष्ट भएको छ ।

गोरखामा नयाँशक्तिले नजिते पनि माओवादी केन्द्रलाई हराउने भूमिका राम्रैसँग पूरा गरेको थियो । हैसियतभन्दा बढी मागेपछि वाम गठबन्धनसँग उनको चुनावी तालमेल हुन सकेन । गोरखाका माओवादी बाबुरामसँग यति रुष्ट छन् कि उनलाई कुनै हालतमा टिकट दिनु नहुने पक्षमा छन् ।

नयाँशक्तिले गत स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई भोट हालेर माओवादी केन्द्रलाई हराएकोमा उनीहरु रुष्ट भएका हुन् । गोरखामा नयाँशक्तिका कारण माओवादी केन्द्र २ सिटमा खुम्चिन पुगेको थियो । गोरखाका ११ स्थानीय तहमा दुई तहबाहेक सबै कांग्रेसले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्