पूर्व स्वास्थ्य मन्त्री गिरीराजमणी पोख्रेल र स्वास्थ्य सचिब रेग्मीबीच पानी बाराबार !



प्रशान्त वली, काठमाडौं ।
बिना बिभागीय मन्त्री गिरीराजमणी पोख्रेल र स्वास्थ्य सचिब किरण रेग्मी बिच अन्तरद्धन्द्ध बढेको छ । स्वास्थ्यमन्त्रीहुँदा स्वास्थ्य सचिब रेग्मीपोख्रेल मन्त्रालय नआउँदै हाजिर गर्ने र मन्त्रालयबाट फर्किहाल्ने गरेको पाइएको हो ।

स्वास्थ्य सचिब रेग्मीले आफ्नो कार्यकक्षमा थुप्रै फाईलहरु आउँदा समेत कुनै वास्ता नगरेको बताइएको छ । जसले गर्दा केहि दिनदेखि स्वास्थ्य मन्त्रालयका नियमित सेवा प्रबाहमा असहज हुदैं आएको छ ।

बिना बिभागिय मन्त्री पोख्रेलले भन्नुभयो, –मलाई सहयोग नगर्नेहरुलाई पनि सहयोग गर्छु । चन्दनको वरपर सर्प घेरीएको हुन्छ । तर, हामीले त्यसको टिको लगाउँछौं । मलाई असहयोग गरेपनि सहयोग चाहिं गरिरहन्छु ।’

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मन्त्री पोख्रेललाई बिदाई गर्नुपर्ने भए पनि मन्त्रालयले बिदाई कार्यक्रमको समेत आयोजना गर्न सकेन । बिना बिभागीय मन्त्री पोख्रेलले कर्मचारीतन्त्रमा केहि समस्या देखिएको भन्दै कर्मचारीहरु सदैब जनमुखी हुनुपर्ने बताउनुभयो ।

यसैबिच बिनाबिभागीय मन्त्री पोख्रेलले ८० दिनसम्म स्वास्थ्य मन्त्री रहँदा गरेका कामहरुको उपलब्धी सार्बजनिक गर्नुभएको छ । स्वास्थ्य मन्त्रीबाट केहि दिन अघिमात्रै बिना बिभागीय मन्त्री हुनुभएका पोख्रेलले आफ्नो कार्यकालमा भएका उपलब्धीहरु सार्बजनिक गर्न बिहीबार बिहान काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्नुभएको हो ।

उहाँले स्वास्थ्य बिमा बिधेयक पारीत हुनु र राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान बिधेयक पारीत हुनु आफ्नो कार्यकालको महत्वपुर्ण उपलब्धी भएको बताउनुभयो ।

यस्तै, राष्ट्रिय प्राकृतिक चिकीत्सा दिबस मनाईने, १२ औं तहको नेतृत्वमा सबै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गठनका लागी प्रस्ताब गर्ने, स्वास्थ्यकर्मीहरुलाई सुरक्षा प्रत्याभुतिकालागी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन २०६६ संसोधनकालागी सैद्धान्तीक सहमतिदिने लगायतका कामहरु आफ्नो कार्यकालमा गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्