डोटी बस दुर्घटनाः ३ काे ज्यान गयाे, १० घाईते- घटनाको थप विवरण आउन बाँकी



डोटी । डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा   यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । बिहीबार बिहान बर्छेनबाट धनगढी जाँदै गरेको ना.३ ख. ५६४८ नम्बरको बस दुर्घटनाहुँदा हुदाँ ३ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय गोपालजंग थापाले जानकारी दिनुभयो ।

घटना स्थलमा उदारका लागी घांगल प्रहरी चौकी र बीपीनगर प्रहरी चौकीबाट प्रहरीहरु पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयले अहिले उद्धार गरिरहेका छने भने घटनाको थप विवरण आउन बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्