सरकारी पजेरो चडेर देउवा र आरजु निकट कांग्रेस नेता चुनाव प्रचारप्रसामा !



काठमाडौं । पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक सरकारी गाडीको दुरुपयोग गर्दै कन्चनपुरका गाउँ गाउँमा चुनाव प्रचारमा सक्रिय रहेकाे बताइएकाे छ।
क्षेत्रीय सडक निर्देशनालयको लागि खरिद गरिएको पजेरो पूर्वमन्त्री लेखकले कन्चनपुरको चुनाव प्रचारमा दुरुपयोग गरेका छन् । उनले सडक विभागको गाडीमा रातो नम्बर प्लेट हालेर चुनाव प्रचारमा कुदाएकाे कुरा सार्वजनिक भएकाे छ । बा २ झ १७०२ नम्बरको गाडी मन्त्री लेखकले रातो प्लेट हाली कन्चनपुरमा चुनाव प्रचार गर्दा पनि निर्वाचन आयोगको ध्यान पुग्न सकेको छैन ।

पूर्वमन्त्री लेखकले विजय गच्छेदारको जति इमान्दारिता पनि प्रदर्शन गर्न नसकेको सडकका एक अधिकारीले बताएका छन् । गच्छेदारले भौतिक मन्त्रीबाट हट्नासाथ बा २ झ १७०० नम्बरको गाडी फर्काएका थिए । तर रमेश लेखकले भौतिक मन्त्रीबाट हटेको ३ महिना पुग्दा पनि गाडी फर्काएका छैनन् । पाँच वटा क्षेत्रीय निर्देशनालयका लागि बा २ झ १७००, १७०१, १७०२, १७०३ र १७०४ नम्बरका गाडी खरिद गरिएको थियो ।
पूर्वमन्त्री लेखकले मन्त्रीबाट हटेको ३ महिनासम्म पनि गाडी नफर्काई दुरुपयोग गर्दा पनि भौतिक मन्त्रालयले कुनै पहल गरेको छैन । शेरबहादुर देउवा र आरजुको निकट भएकै कारण सचिव कार्र्की र महानिर्देशक सिग्देलले लेखकसँग गाडी फर्काउनेबारेमा उच्चारण गर्न नसकेको विभागका अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्