अर्बपतिको सूचीमा चौधरी २ सय ६१ स्थान तल



 

काठमाडौं, (नेस)
विश्वका अर्बपतिको सूचीमा नेपालका उद्योगपति विनोद चौधरी २ सय ६१ स्थान तल झर्नुभएको छ। अमेरिकी म्यागेजिन फोर्बस्ले सार्वजनिक गरेको अर्बपतिको सूचीमा चौधरी १ अर्व ३८ करोड अमेरिकी डलर सम्पत्तिका साथ १ हजार ५ सय ६७ औं स्थानमा रहनुभएको हो।

फोर्ब्सका अनुसार १० महिनामा चौधरीको ८ अर्ब रूपैयाँ सम्पत्ति थपिएको छ। गत जनावरीमा उहाँको सम्पत्ति १ अर्ब ३० करोड अमेरिकी डलर रहेकोमा अक्टोबरसम्म २० करोड अमेरिकी डलर थपिएको हो। यसअघि अर्बपतिको सूचीमा उहाँ १ हजार ३ सय ६ औं स्थानमा हुनुहुन्थ्यो। चौधरी फोर्बस्ले सार्वजनिक गर्ने विश्वका अर्बपतिको सूचीमा पर्ने एकमात्र नेपाली हुनुहुन्छ।

फोर्बस्का अनुसार चौधरीले अधिकांश सम्पत्ति विदेशका विभिन्न व्यवसायमा गर्नुभएको छ। नेपालको नविल बैंकमा उहाँको मुख्य शेयर छ भने चौधरी ग्रुप उहाँको कमाईको मुख्य स्रोत हो। ग्रुपको खाद्य उत्पादन, विद्युतीय सामाग्री, बीयर र होटल उहाँको आम्दानीको मुख्य हिस्सा हुन्।
विश्वका अर्बपतिको सूचीमा यस वर्ष पनि माइक्रोसफ्टका संस्थापक बिल गेट्स लगातार शिर्ष स्थानमा नै कायम रहेका छन्। अमेजनका सस्थापक जेफ बिजोस दोश्रो स्थानमा रहेका छन्। बिल गेट्सको कुल सम्पत्ति ८९ बिलियन डलर रहेको पत्रिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्