डुँगा दुर्घटना



 

सिडनी,(एजेन्सी)
अष्ट्रेलियाको पूर्वी समद्रीतटमा एउटा डुंगा पल्टिँदा त्यसमा रहेका ६ जना माझी हराइरहेको तट रक्षकहरूले बुधबार बताएका छन्। क्विन्सल्यान्ड शहरको सेभेन्टिन सेभेन्टी नजिकको जलीय क्षेत्रमा करिब १२ घन्टा अलपत्र परेका अर्का १ माझी भने बाँच्न सफल भएको बताइएको छ। डुंगाको पुछारको भाग समातेर बसेका उनलाई सोही क्षेत्र भएर गइरहेको एउटा जहाजका मानिसहरूले देखेपछि उद्धार गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। खोजीदलले सो डुबेको डुंगाको भग्नावशेष फेला परे पनि हराइरहेकाको अत्तोपत्तो नभएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्