नयाँ विशाल विमानस्थल



 

बेइजिङ (एजेन्सी)
चीनले सोमबार विश्वका विशाल विमानस्थलमध्येको एकमा गनिने ९ अर्ब १० करोड पाउन्ड खर्चमा राजधानी बेइजिङमा निर्माण भइरहेको नया“ विमानस्थलको अनावरण गरेको छ। राष्ट्रपति सी जिनपिंगको व्यापक पूर्वाधार विकास योजनाअन्तर्गत निर्माण भएको उक्त विमानस्थल सन् २०१९ सम्ममा परिचालनमा आउने जनाइएको छ। बेइजिङ न्यु एयरपोर्ट निर्माणमा १६ लाख घनमिटर ढलान, ५२ हजार टन स्टिलको प्रयोग भएको छ भने यो ४७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यसले वार्षिक ४ करोड ५० हजार यात्रुलाई सेवा दिनेछ भने १० करोड यात्रुसम्मलाई सेवा दिने क्षमता राख्छ।

प्रतिक्रिया दिनुहोस्