अर्थ व्यवस्थाको प्रशंसा



 

नयाँ दिल्ली (एजेन्सी)
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का प्रमुख क्रिस्टिन लेगार्डले भारतको अर्थव्यवस्थामा परिवर्तन ल्याउनका लागि नोटबन्दी र जीएसटीजस्ता मोदी सरकारका कदमको प्रशंंसा गरेकी छिन्। उनले गत वर्ष अथ व्यवस्थामा भएको परिवर्तनका कारण भारतलाई राम्रो नतिजा प्राप्त भएको र भारतीय अर्थ व्यवस्था अत्यन्त मजबुत मार्गमा रहेको बताए। आईएमएफले हालैमात्र भारतीय अर्थ व्यवस्थाको विकासदर अनुमानलाई घटाइदिएको थियो। विकासदर अनुमान घटाइएको भए पनि भारतको अर्थ व्यवस्था मध्यम तथा दीर्घकालीन विकासका पथमा रहेको उनले बताइन्।

प्रतिक्रिया दिनुहोस्