ट्रेलरमा झ्यानाकुटी



 

आगामी मंसिर १ मा प्रदर्शन हुने फिल्म झ्यानाकुटीको ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलर फिल्मका दुई पात्र सौगात मल्ल र बेनिशा हमालमा केन्द्रित छ।

सिमोश सुनुवार निर्देशित फिल्ममा सौगात र बेनिशा छन्। ट्रेलर सार्वजनिक समारोहमै फिल्म युनिटले फोटो कन्टेस्ट पनि सार्वजनिक गरिएको छ। कन्टेस्टअनुसार फिल्मको पोस्टरमा बेनिशाले सौगातलाई बोकेझैं आफ्नो प्रेमी वा श्रीमान्को तस्वीर प्रेमिका वा श्रीमतीले फेसबुकमा पोस्ट गर्नुपर्ने हुन्छ।

निर्देशक सुनुवारले प्रदीप भारद्वाजको लेखनमा बनेको फिल्मको कथा मन परेकै कारण फिल्म बनाएको बताए। ‘यसमा हामीले एउटा जीवन देखाएका छौं। जहाँ प्रेमी प्रेमिका हँुदै श्रीमान् श्रीमती बन्छन्’, सुनुवार भन्छन्– ‘अनि जीवनमा माया मात्र हँुदैन। त्यहाँ आउने अवस्थाले धेरै तथ्यलाई निम्त्याउँछ।’ सौगात मल्लले प्रेमी हुँदै श्रीमान् र बच्चाको बुवाको भूमिका गरेको बताए भने बेनिशा हमालले फिल्म राम्रो बनेको दाबी गरिन्।

प्रतिक्रिया दिनुहोस्