पर्वमा बाँसका सामानको माग



फिरोज सिद्दिकी
मिथिला संस्कृतिका पर्वहरूमा बाँसजन्य सामग्रीको प्रयोग बढी हुने गरेकाले जिल्लाका स्थानीय हाट बजारहरूमा बाँसजन्य सामग्रीको बिक्री वितरण गर्नेलाई भ्याइनभ्याई भएको छ भने खरिद गर्ने महिला पुरुषहरू घुईंचो लाग्ने गरेका छन्।
मिथिला संस्कृतिको ठूलो पर्वका रुपमा रहेको दीपावली र छठ पर्वको अवसरमा माटोजन्य सामग्री तथा बाँसजन्य सामग्री बिक्री ह्वात्तै बढेको हो।

छठ पर्वका लागि बाँसका सामानहरू बेचेर यस क्षेत्रका बिसुन्के, लामा, मलाह र डुम जातिले राम्रो आम्दानी गर्न पाएकामा द· भएका छन्। यस पर्वको अवसरमा बाँसका नयाँ कोनियाँ, ढाकी, नाङलो र टोकरी अनिवार्य रुपमा चाहिएकाले यो पेसामा रहेकाहरूले राम्रो आम्दानी गरिरहेको स्थानीय व्यापारीहरू बताउँछन्।

लहानका नाङ्ला व्यापारी जुनबहादुर मिझारका अनुसार यस क्षेत्रमा उत्पादित बाँसजन्य सामग्री भारतीय बजारसम्म पुग्ने गरेका छन्। खासगरी छठ पर्वमा अनिवार्य रुपले चाहिने नाङ्लो, ढाकी र कोनियाँ नेपाली बजारबाट भारतीय व्यापारीहरूले १ महिना अगाडिदेखि नै खरिद गरी भित्री बिहारका बजारमा बिक्री गर्ने गरेका छन्। नेपाली २ सयमा खरिद गरेका नाङ्लो, ढाकी भारतीय बजारमा ३ सयभन्दा बढीमा बिक्री हुने गरेको बताउँछन्।

चाड पर्व नजिकिएपछि २ महिनामा कम्तीमा १ जनाले ५० हजारभन्दा बढीको व्यापार गर्ने गरेका छन्। बाँसको मूल्य अत्यधिक महँगो भएकाले बाँसका सामान पनि महँगोमा बेच्नुपरेको भगवानपुरका महेन्द्र मरिकको भनाइ रहेको छ। एउटा बाँस ३ सयदेखि ५ सयमा किनेर प्रतिकोनियाँ २०० मा बिक्री गर्ने गरिएको छ। एउटा बाँसबाट करिब १ दर्जनभन्दा बढी कोनियाँ बनाउन सकिन्छ भने ५ वटासम्म ढाकी बन्ने गरेको छ।
दीपावली र छठ पर्वले राम्रो आम्दानी दिने पर्वको रुपमा लिने गरेको उनीहरूको बुझाइ छ। मैथिल, भोजपुरी, अवधि, थारूलगायतका समुदायका विभिन्न धार्मिक कार्यलगायतमा बाँसका सामान अनिवार्य मानिन्छ।

प्रतिक्रिया दिनुहोस्