कांग्रेस महासमिति सदस्य विमला राई पनि एमालेमा !



काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ विमला राई नेकपा एमालेमा प्रवेश गरेकी छिन । बुधबार बिहान एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आयोजित कार्यक्रमबीच नेपाली काँग्रेस, खोटाङका महासमिति सदस्य समेत रहेकी राईसहित नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराए । अध्यक्ष ओलीले आगामी मंसिर १० र २१ गतेका लागि प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मिति तोकिइसकेको सन्दर्भमा निर्वाचनलाई सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग पु¥याउनु राज्यका सबै अंगहरुको दायित्व भएकोे बताए । उनले कुनै पनि बहानामा निर्वाचन सार्ने वा प्रभावित पार्ने काम कसैबाट हुननहुने बताए ।

प्रतिक्रिया दिनुहोस्