फास्ट ट्रयाकको मख्खु बेसक्याम्प निमार्ण सम्पन्न, अन्य चार क्याम्प अन्तिम चरणमा



तस्बिरः मोनिका मल्ल

नेपाल समाचारपत्र, काठमाडौ ।

नेपाली सेनाले काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजना निर्माण गर्ने १० मध्ये ५ वटा बेस क्याम्प निर्माण सम्पन्न हुने चरणमा रहेको छ ।

सेनाले राजधानीबाट निजगढ जोड्ने ७६ किमि द्रुतमार्ग निर्माणमा संलग्न कार्यदलको लागि विभिन्न स्थानमा सुविधासम्पन्न भौतिक पुर्वाधार निर्माण गरेको हो ।

तस्बिरः मोनिका मल्ल

यसैबीच नेपाली सेनाले निर्माण कार्यदलको लागि एउटा सुविधासम्पन्न बेसक्याम्प निर्माण सम्पन्न गरेको छ ।

काठमाडौंको दक्षिणकाली–८, मख्खुबेशीँस्थित दोस्रो बेसक्याम्प निर्माण सम्पन्न गरेको हो । दोस्रो बेसक्याम्पको उद्घाटन बुधबार नेपाली सेनाका अधिकार सम्पन्न निर्देशक समितिका अध्यक्ष वलाध्यक्ष रथी पुर्णचन्द्र थापाले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्