असनबाट ठूलो परिमाणमा पटका बरामद, साढे ११ लाखसहित १४ जुवाडे पक्राउ



नेपाल समाचारपत्र, काठमाडौं ।
काठमाडौंको असनबाट प्रहरीले ठूलो परिमाणको पटाका बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाले काठमाडौ महानगरपालिका–२७ असनबाट ठूलो परिमाणमा पटका बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा असनमा अमृत प्रसाद चौलागार्इँले संचालन गरेको पसलबाट बिभिन्न प्रकारका ३६५४ प्याकेट र खुल्ला अवस्थामा रहेका ४ बोरा पटका बरामद गरेको हो । पटाकासहित चौलागाँईलाई पनि प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त जनसेवा जनाएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

महानगरीय प्रहरी वृत्त गौशालाले जुवा खेलिरहेको अवस्थामा १४ जनालाई साढे ११ लाख नगदसहित पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले काठमाडौ महानगरपालिका–९ बत्तीसपुतलीस्थित आर्गानिक चुल्हो रेष्टुरेण्टमा जुवा खेलिरहेको अवस्थामा १४ जना व्यक्तिहरुलाई नगद रु। ११ लाख ५५ हजार ८४० रुपियाँ र १६ थान कौडा सहित पक्राउ गरेको महानगरीय प्रहरी वृत्त गौशलाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्