पूर्वी र पश्चिम रुकुममा म्यादी प्रहरी बन्नेको लर्को



धनवीर दाहाल, रुकुम ।
आगामी प्रतिनीधि र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि म्यादि प्रहरीमा पुर्वी र पश्चिम रुकुमबाट २ हजार १ सय ५१ व्यक्तिले आवेदन दिएका छन् ।

दुवै जिल्लाका लागि पश्चिम रुकुमको जिल्ला प्रहरी कार्यालयमा १६ सय ६६ पुरुष र ४ सय ८५ जना महिलाले म्यादीप्रहरीमा आवेदनदर्ता गराएका हुन् । पुर्वी रुकुममा केही समय अघि मात्र जिल्ला प्रहरी कार्यालयको स्थापना गरिए पनि म्यादि प्रहरीको आवेदन भने पश्चिम रुकुमको जिल्ला प्रहरी कार्यालयबाट लिईएको छ ।

दुईवटै जिल्लाको एकै ठाउँबाट आवेदन बुझिएकाले म्यादि प्रहरीको आवश्यक कोटा हाल निर्धारण नगरिएको जिल्लाप्रहरी कार्यालय पश्चिम रुकुमले बताएको छ । बढ्दो बेरोजगारी सम्स्याका कारण सोमबार राती अबेर सम्म रुकुममा म्यादि प्रहरीमा आवेदन दिनेहरुको भिड लागेको प्रहरीले बताएको छ ।

यसअघि स्थानीयतह निर्वाचनका लागिरु कुमका दुवै जिल्लाबाट ७ सय ८५ जना व्यक्तिले म्यादि प्रहरीमा आवेदन दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्