एमाले नेता मनाङगेको समुहले मनाङमा मच्चायो लुट, स्थानिय चुट्दै पैसा लुट्दै



मनाङ। नेकपा एमालेका नेता दिपक मनाङगेले मनाङका स्थानियलाई त्रासमा राख्दै धम्क्याउन थालेका छन्। उनले स्थानियलाई त्रासमा राख्दै कुटपिट, लुटपाट र अपहरणमा संलग्न भएका छन्। एमालेले दिपकलाई प्रदेशतर्फ मनाङ ख को प्रत्यक्षतर्फ उम्मेद्वार सिफारिस गरेको छ।

पार्टीले सिफारिस गरेर चुनावी प्रचारमा आए लगत्तै दिपक मनाङगेले जिल्लामा त्रासको वातावरण बनाउन थालेका छन्। एमाले नेता मनाङगेको समुहले मनाङको नारफूमा स्थानीयलाई चुट्ने र १० लाख रकम लुटेको घटना सार्वजनिक भए लगत्तै विभिन्न ठाउँका स्थानियलाई हात काटिदिने सम्मको धम्की दिएको जानकारी प्राप्त भएको छ।

मनाङगेले माथिल्लो मनाङमा मजदुरी गर्दै आएका गोरखालीहरुलाई चुनावमा आफुलाई भोट नहाले हात काटीदिने धम्की समेत दिएको सुन्नुमा आएको छ । उनले मत नदिने आफन्तहरुलाई छुट गरेर औंला मात्र काटिदिने र मत नदिने आफन्त नपर्नेहरुलाई हात छिनाउने धम्की दिएको बताइएको छ ।

मनाङगेले अपहरण गर्ने हात काटिदिने कुटपिट गर्न थालेपछि स्थानियहरु आतंकित भएका छन्। स्थानिय प्रसासन भने उनको खातिरदारीमा लागेको गुनासो स्थानिय पिडितहरु बताउँछन्।

नेपाली काँग्रेसले मनाङगमा गुण्डाराज मौलाउन थालेपछि प्रसासनलाई दवाव दिन प्रदर्शनको तयारी समेत गरेको छ। घटनाको बारेमा स्थानिय नेताहरुले काठमाडौंमा गृह प्रसासनलाई जानकारी गराएका छन्। तर प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले गम्भिरता नदेखाउँदा समस्या सिर्जना भएको पिडितहरुको गुनासो छ।

मनाङगे एमालेको चुनाव प्रचार गर्न नार्फु गाउँपालिका पुगेका बेला स्थानीय होटल ब्यवसायीसँग रकम लुटेका हुन्। नार्फु गाउँमा होटल बनाउनको लागि काठमाडौंबाट ऋण धन गरेर गाउँ जाँदै गरेका २ जना युवाको साथमा रहेको १० लाख रुपैयाँ मनाङगे र नेकपा एमाले मनाङका अध्यक्ष पोल्देन छोपाङ गुरुङको निर्देशनमा लुटेको पिडितहरुले बताएका छन्।

पिडित युवाहरु कर्मा ओङ्दी लामा र टसी छिरिङ लामाले आफुहरु सुतिरहेको ठाउँबाट आफुहरुको रकम लुटेको बताएका छन् ।

पिडित युवाहरुको अनुसार आफुलाई मार्ने धम्की दिएपछि रकम दिएका हौं। ५–५ लाखको दरले दुईवटा झोलामा रहेको १० लाख झिक्दै गर्दा पिडित टसी छिरिङ डरले भागेको र अर्को पिडित कर्मा ओङ्दी लामालाई अपहरण गरी लगेको उनिहरुले जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदनमा उल्लेख छ।

मनाङगेले दिएको धम्कीको बिषयमा भने मनाङ प्रशासन भने बेखबर बनेको छ।

प्रतिक्रिया दिनुहोस्