कुन–कुन देशमा कसरी मनाइन्छ तिहार ?



काठमाडौं ।

विशेषगरी हिन्दु धर्मालम्बीहरुले तिहार धुमधामका साथ मनाउँछन् । हिन्दु धर्मालम्बीहरुको बाहुल्य भएका कारण नेपाल र भारतमा तिहार बडो तामझामका साथ मनाइन्छ । तर तिहार मनाउने चलन यी दुई देशमा मात्रै सीमित छैन ।

पछिल्ला वर्षहरुमा नेपाल र भारतबाट अन्य देशमा बसोबास गर्नेको संख्या बढेसँगै विभिन्न देशहरुमा पनि तिहार उतिकै महत्वका साथ तिहार मनाउन थालिएको देखिएको छ ।

जापान
प्रत्यक बर्षको जनवरी महिनामा जापानमा ओनियो फेयर फेस्टिवल मनाइने गरिन्छ । फुकुओका सहरकमा तिहारको जस्तै प्रकाशमय वातावरणमा चाड मनाइन्छ । सो अवसरमा कठिन परिस्थितिको अन्त्यको प्रतिकको रुपमा मसाल जलाईन्छ । खास गरि सेतो कपडा पहिरेर जापनीजहरुले मसाल र्याली मन्दिरबाट सुरु गर्छन् ।

बेलायत
नेपाल र भारत बाहिर सबैभन्दा धूमधामले तिहार बनाउने देश बेलायत हो । बेलायतको लेचेस्टर सहरमा हिन्दुको बाक्लो उपस्थिति छ । त्यहाँ हिन्दु, सिख र अन्य धर्मका मानिसहरु मिलेर तिहार मनाउने गर्छन् । तिहार मानिसहरु दियो र पटका पट्काएर रमाइलो गर्ने गर्छन् ।

तिहारको दिन मानिसहरु पार्क र बाटोमा समूह बनाएर पटका पट्काउने गर्छन । साथै, आफन्त र साथीभाईबीच मिठाइ पनि बाँढिन्छ ।

क्यानडा
क्यानडाको न्यूफाउन्ड ल्याण्डमा नोभेम्बर ५ का दिन तिहारको जस्तै एक चाड मनाइन्छ । अंग्रेज र आइरिस सुखद जीवनको खोजीमा क्यानडा आएको सम्झनामा आताशवाजी गर्ने गरिन्छ । साथै, सहरको घर तथा पसलहरुमा रंग रोधनगरि चिटिक्क पारिन्छ ।

थाइल्याण्ड

थाइल्याण्डमा तिहारलाई लाम क्रियोग्घको नामबाट मनाइने गरिन्छ । केराको पातबाट निर्मित बत्ति र धूप रातको समयमा बालिन्छ । बलिरहेको बत्तिमा पैसा राखेर नदीमा बगाइन्छ ।

स्कटल्याण्ड

प्रत्यक बर्ष जनवरीको अन्तिम मंगलबार लेर्विकमा एक प्रकाशोत्सवको आयोजना गरिन्छ । जसलाई हेली आ भनिन्छ । यो बास्तबमा तिहारकै एक रुप हो । यस कार्यक्रममा मानिसहरु प्राचिन समुन्द्री लडाकु जस्तै कपडा लगाएर हातमा मसाल लिएर जुलूस निकाल्छन् । सो समय पूरा सहर उज्यालोमय हुन्छ ।

फ्लोरिडा

फ्लोरिडाको अल्टूना सहरमा प्रत्यक बर्ष अक्टूबर ३१ देखि नोभेम्बर १ स्यामहेन निकै शानदार हुन्छ । भूतको सम्मानका लागि आयोजना गरिने यो चाडामा हडीबाट आगो बालिन्छ । विभिन्न खालको मनोरनजनात्मक कार्यक्रमको आयोजना गरिने भएकाले सो पर्वमा अन्य स्थानका मानिसहरुको पनि सहभागिता हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्