मन्त्री बन्ने वित्तिकै देउवासँग किन रिसाए कमल थापा ?



काठमाडौं । सत्ता साझेदार माओवादी केन्द्रले एमालेसँग चुनाबी तलमेल र चुनाबपछि पार्टी एकता गरी माब गठबन्धन बनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एकपटक त ठूलै संकटमा परे ।

आफूले शंकासमेत नगरेको माओवादी र एमालेको गठबन्धन भएपछि उनलाई आपत पर्ने नै भयो । तर, संसदीय व्यवस्थाका माहिर खेलाडी देउवाले पनि मधेसबादी दल, राप्रपा लगायतसँगको लोकतान्त्रिक गठबन्धन बनाए ।
देउवाले राप्रपा, फोरम लोकतान्त्रिक लगायतलाई सरकारमा ल्याएर अघि बढ्ने नीति लिए ।
कमल थापाजस्तो सत्तामा जान मरिहत्ते गर्ने राजनीतिज्ञ आफूलाई जसले मन्त्री बनायो त्यसैसँग रिसाए भन्दा अचम्म लाग्न सक्छ । तर, यसपटक मन्त्रीको जिम्मेवारी पाउने वित्तिकै थापा देउवासँग रिसले चुर भएको देखिएको छ ।
एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले माओवादीलाई पटक–पटक सत्ता छाड्न दबाब दिए पनि माओवादीले सत्ता छाड्न मानेन ।

मंगलबार प्रधानमन्त्री देउवाले माओवादीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई विनाविभागीय बनाइदिए र नयाँ मन्त्रीहरु पनि थपे ।

यसैक्रममा देउवाले कमल थापालाई उपप्रधान तथा उर्जामन्त्रीको जिम्मेवारी दिए । तर, यो पद पाएर पनि कमल थापा खुसी छैनन् । मन्त्री बनाइदिने वित्तिकै थापा प्रधानमन्त्री देउवासँग रिसाए ।

 

प्रतिक्रिया दिनुहोस्