पिएसजी छाड्ने काभानीको संकेत



एजेन्सी, बार्सिलोनाका पूर्वस्टार नेमार कीर्तिमानी रकमा पेरिस सेन्ट जर्मन (पीएसजी) मा आबद्ध भएपछि पीएसजीका अन्य खेलाडीमा भने दिक्तता छाउन सुरु भएको छ ।

पीएसजीका स्टार एडिन्सन काभानीले टोलीको प्रदर्शन र आफ्नो भूमिकाका विषयमा असन्तुष्टि व्यक्त गरेका छन् । नेमारका कारण काभानी पीएसजी छाडेर म्यान सिटी जाने विषय अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

काभानीलाई आबद्ध गर्न म्यान सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पनि चासो देखाएको चर्चा छ । काभानी पीएसजी छाडेर म्यान सिटीमा जान लागेका समाचार स्पेनिस समाचारपत्र ‘डोन बलोन’ ले पनि प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

यसअघि पीएसजीमा फ्रिकिक र पेनाल्टी सुटका लागि केहि बिभाद उत्पन्न भएपछि काभानीले नेमारको आगमनसँगै सबै विषयमा छायामा परेको अनुभव गर्न थालेका छन् ।

नेमारका कारण नै म खेलमा जम्न सकिरहेको छैन । आफ्नो प्रतिभा देखाउन पनि मैले अर्को गन्तव्य रोज्नु आवश्यक छ । त्यो गन्तव्य म्यान सिटी हुन सक्छ’, ३० वर्षीय काभानीले भनेका छन् ।

जारी लिगको सुरुदेखि नै हरेक खेलमा काभानी र नेमारबीच फ्रिकिक र पेनाल्टी प्रहार गर्ने विषयमा खटपट हुँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्