बृद्धबृद्धाको गाउँमै निशुल्क स्वास्थ्य परिक्षण



हिक्मत नेपाली,दैलेख ।
दैलेखको महावु गाउँपालिका वडा नं. २ की ७२ बर्षिया पानसरा खत्री वडाखोलाको जगदिस माध्यामिक विद्यालयको प्रांगणमा भेटिइन् । उनि जिल्लाबाट कति बेला डाक्टर आउलान र स्वास्थ्य परिक्षण गरौला भनेर पर्खाइमा थिइन् । उनि संगै थुप्रै बृद्ध बृद्धा डाक्टरको पर्खाइमा थिए । केहि बेरमै डाक्टर पुगे । जिल्ला स्वास्थ्य कार्यालय दैलेखबाट बृद्धबृद्धाको स्वास्थ्य परिक्षणका लागि दैलेखको वडाखोला पुगेका डा. निरन्जन पन्तले उनको स्वास्थ्य परिक्षण गरिदिए ।

बर्षौ देखि स्वास्थ्य समस्या बाट ग्रसित पानसरालाई डाक्टरले स्वास्थ्य परिक्षण पश्चात औषधी लेखिदिए । उनले औषधी निशुल्क लिइन् । निशुल्क स्वास्थ्य परिक्षण र औषधी संगै नेपाल सरकारले दिने गरेका सामाजिक सुरक्षा भत्ता पनि पाइन् । औषधी संगै उनले स्वास्थ्य सम्बन्धि थुप्रै सुझाव समेत पाइन् । निशुल्क स्वास्थ्य परिक्षण र औषधी पाएपछि खुसी व्यक्त गर्दैे भनिन “गाउँबाट जिल्ला सदरमुकाम सम्म स्वास्थ्य जाँचका लागि जान धेरै टाढा पर्छ ।” हाम्रो लागि गाउँमै निशुल्क स्वास्थ्य परिक्षण भयो ।” उनले भनिन “डाक्टरले दिएको औषधी नियमित खान्छु ।”

उनिजस्तै ५९ बर्षिया खड्ग कुमारी उपाध्याय डाक्टर सामु खुलेरै आफ्नो समस्या देखाइन् । बर्षौ देखि शरिर दुख्ने समस्याबाट ग्रसित उपाध्यायलाई डाक्टरले स्वास्थ्य परिक्षण संगै औषधी लेखिदिए । उनलाई थप उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा आउन डाक्टरले सुझाव दिए ।
पानसरा र खड्ग कुमारी जस्तै सोहि ठाउँकी ७१ बर्षिया भद्रा गुरुङ्ग पनि गाउँमै निशुल्क स्वास्थ्य परिक्षण पाएपछि खुसी भइन् ।

उनिहरु जस्तै बृद्धबृद्धालाई महावुगाउँपालिका वडा नं. २ वडाखोलाको आयोजनामो निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । स्वास्थ्य संस्थाको पहुँच सम्म जान नसक्ने बृद्ध बृद्धाको लागि आयोजना गरिएको निशुल्क स्वास्थ्य परिक्षण शिविरमा १ सय ८५ जना बृद्ध बृद्धाले निशुल्क स्वास्थ्य परिक्षण गरेका छन् ।

निशुल्क स्वास्थ्य परिक्षण गराए पश्चात बृद्ध बृद्धाले वडामा निर्वाचित जनप्रतिनिधीहरुलाई धन्यवाद दिए । शिविरमा सहभागि नन्दकला थापाले भनिन “यो भन्दा अगाडी हाम्रा लागि यस्तो स्वास्थ्य शिविर संचालन भएकै थिएन् ।” वडामा हाम्रा लागि सरकारले पठाएको सामाजिक सुरक्षा भत्ता बाहेक अरु केहि सुविधा पाएकै थिएनौ ।

उनले थपिन “हामीले चुनेर पठाएको जनप्रतिनीधीले हाम्रो निशुल्क स्वास्थ्य परिक्षण गरिदिए ।” शिविरमा वडामा रहेका बृद्धबृद्धाहरुलाई स्वास्थ्य परिक्षण संगै निशुल्क औषधी वितरण समेत गरिएको छ । स्वास्थ्य परिक्षणका लागि पुगेका जिल्ला स्वास्थ्य कार्यालय दैलेखका डा.निरन्जन पन्तले परिक्षण गरेका बृद्धबृद्धाहरु मध्ये धेरै जसो उच्च रक्तचापका विरामी रहेको बताए ।

औषधी सेवन गरि सुधार नहुने बृद्धबृद्धाहरुलाई जिल्ला स्वास्थ्य कार्यालयमा उपचारका लागि आउन आग्रह गरेको छु । उनले भने “यसरी जिल्लाको ग्रामिण क्षेत्रमा पुगेर बृद्धबृद्धाको सेवा गर्न पाउन निकै खुसी लागेको छ ।”

वडा भित्रका बृद्ध बृद्धाहरुको लागि स्वास्थ्य परिक्षण आवश्यक देखेर निशुल्क स्वास्थ्य परिक्षण शिविर आयोजना गरेको महावुगाउँपालिका वडा नं. २ का वडा अध्यक्ष रामकृष्ण गुरुङ्गले बताए । बृद्धबृद्धाहरुलाई स्वास्थ्य परिक्षण संगै सामाजिक सुरक्षा भत्ता समेत वितरण गरिएको उनले बताए ।

सोहि अबसरमा वडा भित्रका जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, एकल महिला, पूर्ण अपाङ्ग, आंशिक अपाङ्ग तथा दलित बालबालिकाका लागि सरकारले दिने गरेको सामाजिक सुरक्षा भत्ता समेत वितरण गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्