ट्रम्पविरुद्ध प्रमाण दिनेलाई १ करोड डलर पुरस्कार घोषणा



 

वासिङटन, (एजेन्सी)
अमेरिकाका ‘पोर्न किंग’ भनेर चिनिने ल्यारी फ्न्टिले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग चलाउनका लागि आवश्यक प्रमाण उपलब्ध गराउनेलाई १ करोड डलर पुरस्कारको घोषणा गरेका छन्।

महिला अधिकार कार्यकर्ताका लागि खलनायकका रूपमा चिनिएका फ्लिन्ट ७४ वर्षका हुन र विगत ४० वर्षदेखि पक्षघातका कारण ह्विल चेयरको सहारामा छन्। पैसा र ख्याती कमाइसकेपछि उनी राजनीतिमा आफ्नो भाग्य परीक्षण गर्न चाहन्थे तर उनको विगतका गतिविधिका कारण त्यसका लागि ढोका बन्द भइदियो।

उनले अमेरिकामा पोर्नलाई कानुनी मान्यता दिलाउनका लागि लामो कानुनी लडाइँ लडे। त्यतिबेलादेखि ऊ सधैं नै विवादास्पद र उक्साउने बयानका लागि चर्चित रहे। यसमा पुरस्कारका रूपमा ठूलो धनराशिको पनि चर्चाको विषय बनेको छ।

उनले द वासिङ्टन पोस्टमा आइतबार एउटा पूरै पृष्ठमा विज्ञापन दिएका छन्, जसमा एक करोड डलरको पुरस्कारको घोषणा गरिएको थियो। फ्न्टिका पत्रिका हस्लर सन् १९७० लोकप्रिय पत्रिका हो। यो पत्रिका कुनै मोडल र सेलिब्रिटीको तस्वीरबिना पनि ३० लाखप्रति बिक्री हुन्थ्यो।

उनले उक्त पत्रिकाको तर्फबाट पोर्नाेग्राफीलाई कानुनी मान्यता दिलाउन सफल अदालती लडाइँ लडेका थिए। यद्यपि यो पहिलो घटना भने होइन। फ्न्टिले विगतमा पनि राजनेताहरूलाई अप्ठ्यारोमा पार्नका लागि सञ्चार माध्यमहरूमा विज्ञापन दिने गरेको छ। सन् १९७० को दशकमा उनले अमेरिकी कांग्रेसका सदस्य वा कुनै वरिष्ठ पदाधिकारीको सेक्स स्क्यान्डलका बारेमा सूचना दिनेलाई १ लाख डलर पुरस्कार दिने घोषणा गरेका थिए। ४० वर्षपछि उनले पुरस्कार राशी सामान्य बढाएको मात्र नभई १ करोड डलर पुर्यादिएको छ र यो पटक अमेरिकाकै सर्वोच्च पदमा बसेका ट्रम्पलाई निसाना बनाएको छ।

सन् १९७८ मा जर्जियाको एक अदालतमा शुरू भएको पोर्नोग्राफी तथा वयस्क भाषालाई कानुनी मान्यता दिनुपर्ने अभियान थालेका थिए। उनको मुख्य तर्क अमेरिकी संविधानका पहिलो संशोधनमा आधारित रहेको छ जसले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको रक्षा गर्छ।

अन्ततः अदालतले पहिलो संशोधनको रक्षाको आधार बनाउँदै पोर्नोग्राफीको प्रकाशनलाई कानुनी मान्यता दिएको थियो। त्यतिबेलादेखि अमेरिकामा पोर्नोग्राफी सेन्सरसिपको दायराबाट बाहिर आएको हो।
तर यो सफलतामा फ्न्टिले खुसियाली मनाउन भने पाएनन्, किनभने एकजना गारो नस्लवादी व्यक्तिले उनलाई अदालतमा गइरहँदा गोली प्रहार गरे। गोलीले ढाडमा क्षति पुगेकाले उनी सँधैका लागि ह्विल चेयरको सहारामा बाँच्न बाध्य हुनुपरेको थियो।

प्रतिक्रिया दिनुहोस्