चाडवाडको समयमा उच्च सुरक्षा



 

खोटाङ, (नेस)
तिहार तथा छट पर्व र नजिकिँदै गरेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरेर खोटाङमा उच्च सुरक्षा व्यवस्था मिलाइएको छ। चाडवाड तथा निर्वाचनको समयमा हुन सक्ने अप्रिय घटनालाई न्यूनीकरण गर्न जिल्लामा उच्च सुरक्षा व्यवस्था मिलाइएको हो।

जिल्लाको मुख्य नाका तथा व्यापारिक केन्द्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ती टोली मंगलबारबाट चौबीसै घण्टा परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो। जिल्लामा हुने अप्रिय घटनालाई तत्कालै समाधान गर्न जिल्ला प्रहरी कार्यालयको १०० नम्बरको हटलाइन टेलिफोनलाई चौबीसै घण्टा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्