गुल्मीका सडकमा ऐना, दुर्घटना न्यूनीकरणको अपेक्षा



 

अनिल खत्री, गुल्मी
दुर्घटना न्यूनीकरण गर्न भन्दै गुल्मीका सडकमा ऐना राख्न शुरुआत भएको छ। जिल्लाको सदरमुकाम तम्घासदेखि रिडीसम्म रहेका अति जोखिमपूर्ण घुम्तीहरूमा ऐना राख्ने कामको शुरुआत भएको हो।
तम्घास–रिडी–बुटवल सडकअन्तर्गत सदरमुकामसम्म जोडिने अति व्यस्त सडकमा दुर्घटना न्यूनीकरण गर्नका लागि ऐना राख्ने काम शुरुआत भएको छ। सडक डिभिजन कार्यालय पाल्पाको आर्थिक सहयोग र जिल्लास्थित ट्राफिक कार्यालय, जिल्ला प्रशासन कार्यालय गुल्मी, जिल्ला प्रहरी कार्यालयलगायतको महत्त्वपूर्ण पहलमा उक्त ऐना राख्ने काम भएको छ।

तम्घासदेखि रिडीसम्म ६५ किलो मिटर सडकमा पर्ने अति जोखिमपूर्ण अवस्थामा रहेका घुम्तीहरूमा सडक ऐना राखिने जिल्ला ट्राफिक कार्यालय गुल्मीका जवान भरत गुरुङले जानकारी दिए। पहिलो चरणमा सवारी आवत–जावत गर्ने क्रममा घुम्तीहरूमा सवारीसाधन आएको नदेखिने अवस्थामा रहेका घुम्तीमा हालसम्म १४ वटा सडक ऐना राखिएको सडक डिभिजन कार्यालय कार्यालय पाल्पा सूचना अधिकृत पवित्रामणि आचार्यले जानकारी दिए।

उनका अनुसार पहिलो चरणमा अति जोखिमपूर्ण ठाउँमा राख्ने काम भएको जानकारी दिए। तम्घासबाट रिडीसम्मका जोखिम ठाउँहरूमा थप गरेर राखिने आचार्यले बताए। सदरमुकाम तम्घासबाट शुरुआत गरिएकोमा हाल वीरबाससम्म ऐना राखिएको छ। केही समयअघिबाट राख्ने काम भए पनि दुई वटा ऐना तोडफोड भइसकेको छ।

सडकमा राखिएका ऐनाको मूल्य फिटिङसहित प्रतिएकको रु. २५ हजार लाग्ने गर्दछ। ऐनाको सिसा ढुंगााले हान्दासमेत नफुट्ने खालको रहेको छ। घुम्तीमा राखिएका ऐनाबाट विपरीत दिशाबाट आइरहेका सवारीलाई देख्न सकिन्छ। केही स्थानमा रहेका ऐना तोडफोड भएसँगै प्रहरीलाई जानकारी गराएको अधिकृत आचार्यले जानकारी दिए।

राखेको केही दिनमै तोडफोड हुनु अमानवीय कार्य भएको उनको भनाइ छ। लेन्थ ओरकरबाट दिउँसोको समयमा रेखदेख गर्ने अधिकृत आचार्यले जानकारी दिए। सडक विस्तरा गरेर ठूलो र चौडा सडक नबञ्जुेलसम्म सडकमा रहेका ऐनाले दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण काम गर्ने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए।

विपरित अवस्थामा आएका सवारीसाधन कुन गतिमा आएको छ कुन गतिमा अर्को सवारीसाधन चलाउने सम्मको देख्न सकिने हुँदा दुर्घटना न्यूनीकरणमा अति महत्त्वपूर्ण रहेको थापाले बताए। यसको प्रभावकारिताका लागि सबैले ध्यान दिएर संरक्षण गर्नुपर्ने प्रहरी उपरीक्षक थापाले जोड दिए। जोखिमपूर्ण घुम्तीहरू हुँदा बर्सेनि सवारीसाधन एक–आपसमा ठोकिने तथा दुर्घटना हुँने गर्दछन्।

सडकमा ऐना राखेदेखि निकै सजिलो भएको जिपचालक मानबहादुर थापाको भनाइ रहेको छ। ‘सडकमा ऐना त राखियो सुरक्षित भएन’, चालक थापाले भने– ‘राखेर मात्र भएन यसको संरक्षण गर्नेतर्फ ध्यान दिनुपर्यो।’ स्थानीयलाई वा कुनै क्लब या समूहलाई ऐनाको सुरक्षाको जिम्मा लगाएर भए पनि सुरक्षित गर्नतर्फ ध्यानदिनुपर्नेमा उनको जोड थियो।

प्रतिक्रिया दिनुहोस्