राजधानीमा लुटपाट बढ्यो



 

काठमाडौं(नेस)सामाखुशी टाउन प्लानिङग आत्मज्ञानस्थित डेरा गरी बस्ने किरण घिमिरेको कोठाबाट ल्यापटप, मोबाईल र विभिन्न सरसामान गरी करीब १ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। यसैगरी काठमाडौं महानगरपालिका–१४ सुनारगाँउस्थित तारा थपलियाको घरमा डेरा गरी बस्ने रौतहट लक्ष्मिपुर नगरपालिका–११ घर भएका अमिरीप्रसाद यादव र चितवन रत्ननगर नगरपालिका–८ घर भएकी  दुर्गा खनाल महतो कोठाबाट सोमबार नगद तथा विभिन्न सुनका गहना गरी करीब ३ लाख ३२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।  काठमाडौं महानगरपालिका–१७ मेडिकल चोक नजिकै उदयपुर घर भई हाल सोही ठाउँका सरबदा कार्कीलाई हिँडिरहेको अवस्थामा सोमबार अपरिचित व्याक्तिहरुले पछाडिबाट हिर्काइ घाईते बनाई उनले घाँटीमा लगाएको करीब २७ हजार रुपैयाँ बराबरका आधा तोलाको सुनको सिक्री लुटी फरार भएका छन्। फरार लुटेराहरुको प्रहरीले खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्