छात्राले बनाए विद्यालयमा शौचालय



 

ललित सिंह, बझाङ
विद्यालायमा शौचालयको अभाव भएपछि छात्राहरू मिलेर आफैंले विद्यालयमा शौचालय निर्माण गरेका छन्। छबीसपाथिभेरा गाउँपालिका–६ मा रहेको मजखोरी माध्यामिक विद्यालयका छात्राले ढुंगा, काठ र पानी आधा घण्टा टाढाबाट आफैंले बोकेर आफ्नै लगानीमा शौचालय निर्माण गरेका हुन्।

विद्यायमा छात्रा–छात्रका लागि एउटा मात्र शौचालय छ। अलगै शौचालय नहँुदा दिनैपिच्छे छात्रा र छात्राको झगडा भइरनै र कतिपय छात्राले त विवाद बढ्दै गएपछि विद्यालय नै छोडेका छन्। महिनावारी भएको समयमा त ५ दिनसम्म छात्राहरु विद्यालय नै नजाने कक्षा ९ की मनीषा धामीले बताइन्।

‘«विद्यालय वरपर गाउँ भएकाले दिसापिसाब गर्ने खुला ठाउँ छैन। शौचालयमा लाइन बस्नुपर्ने हुन्थो हामीलाई निकै समस्या थियो। शिक्षकलाई धेरैपटक छात्राका लागि छुट्टै शौचालय चाहिन्छ भन्दा सुनेको नसुनेई गर्ने गरेका थिए। अहिले छात्रा मिले शौचालय निर्माण गरेका छौं’ –उनले भनिन्।

गाउँ निकै विकट भएकाले शिक्षा कार्यालयबाट अनुगमन गर्न पनि कोही आउँदैनन्। शौचालयका लागि आएको रकम कहाँ जान्छ थाहा छैन। छात्राको समस्या शिक्षकले नबुझेपछि हामीलाई निकै समस्या भएको थियो। विद्यालयमा दलित सहयोग समाजले व्यवहार परिवर्तनअन्तर्गत किशोरकिशोरी समूह गठन गरेर विभिन्नखाले तालिम दिएपछि हाम्रा आँखा खुले’ –कक्षा १० की पशुपति बोहराले बताइन्। प्रत्येक शुक्रबार विद्यालयका ६ कक्षामाथिका करिब ८० जना छात्राले खाल्डो खनेर ढुंगा, माटो, काठ संकलन गरी शिक्षकलाई घर निर्माण गर्न दबाब दिएपछि छात्राका लागि छुट्टै शौचालय निर्माण गरिएको हो।

उनले भनिन्– ‘पहिले महिनावारी भएको समयमा प्याड बदल्न निकै समस्या हुने भएकाले विद्यालय जान मन हुन्थेन। नियमिति विद्यालय नहुने भएकाले पढाइमा हामी निकै कमजोर थियौं। अहिले शौचालय भएपछि हाम्रो पढाइमा समेत निकै प्रगति भएको छ। कक्षामा दोस्रो, तेस्रो र गुडपास हुन थालेका छौं। पहिले हामी सबै कुनै न कुनै विषयमा फेल हुने गरेका थियौं।’

‘विद्यालयमा सेवा गरेको ११ वर्ष हुन थाल्यो। दुई जना शिक्षिका छौं। विद्यालयमा महिलामैत्री शौचालय नहुँदा हामीलाई पनि निकै समस्या हुनुका साथै महिनावारी भएको समयमा विद्यालय जान मन लाग्दैनथ्यो। अहिले छात्राहरूले शौचालय निर्माण गरेपछि हामीलाई पनि निकै सजिलो भएको छ’ –शिक्षाका शान्ति बोहराले बताइन्।

प्रतिक्रिया दिनुहोस्