वाढी पिडित लाई गाँउपालीका द्धारा राहत वितरण,तिहारको मुखैमा चामल पाउदा वाढीपिडत खुसी



दिपेन्द्र शर्मा,जाजरकोट ।
कुशे गाउपालीकाका ४ नम्बर वडाका ५५ वर्षीय टिकाराम जैसी लाई तिहार कसरी मान्ने पिरले सतारहेको थियो । दशैलाई जेनतेन रिन सापट गरेर मनाएका टिकाराम तिहार कसरी मनाउने भनेर चिन्तीत थिए । परिवार पाल्नको लागी उन लाई हैरान परिरहेको थियो । सम्पतिको नामको भएको खेतवारी पनि धान सहित वाढीले वगाए पछि निकै चिन्तीत भएका ठिकाराम अरुको बावर गरेर परिवार पाली रहेका थिए ।

उनको परिवार लाई वेसाह नगरि नहुने भएको गरेका थिए । पाकेको वाली वाढीले नष्ट गरेपछि परिवार पाल्न धौ धौ भएका टिकाराम अरुकोमा गएर ज्यामी मजदुरी गरेर परिवार पाल्ने गरेका थिए । यो पटक भने उनलाई घर छोडेर तिहारको लागी कमाई गर्न कतै जानु परेन ।

कुशे गाँउपालीकाले आफनो गाँउपालीका भित्रका वडाहरुमा वाढी वाट पिडित भएका कृषकहरुका लागी राहत उपलब्ध गराए पछि वाढी पिडीत किसानहरु खुशि भएका छन । किसानहरु लाई गाँउपालीकाका अध्यक्ष हरिचन्द्र वस्नेत आफै पुगेर गनिहरु लाई राहत वितरण गरेका हुन ।

अध्यक्ष वस्नेत टिकाराम लाई उनले पाउने तिन सय केजी चामल वुझाएका छन । तिहार कसरी मनाउने चिन्तामा भएका टिकाराम गाँउपालीकाका अध्यक्षवाट राहत स्वरुप चामल पाएपछि खुसी भएको वताए । “तिहार कसरी मनाउने भनेर चिन्ता लागेको थियो , भएको खेतवारी सवै वाढीले वगायो , अरु संग गएर मजदुरी गरेर परिवार पालेको छु , गाँउपालीकाले दिएको चामलले मलाई धेरै राहत गरेको अव तिहार मान्न कुनै चिन्ता भएन” उनले भने । गाँउपालीकाले वितरण गरेको राहतले धेरै किसानहरु लाई खुसी वनाएको उनले वताए ।

कुशे गाँउपालीका ४ कै ६५ वर्षीय डिल्ली वहादुर शाही पनि घरमै राहत पाउदा निकै खुसी भएको वताउछन । “गाउपालीकाले हाम्रो दुख देखेर माया गरेर दिएको राहत तिहारको मौका पारी दिनुले म जस्ता गरिव किसानहरु लाई धेरै सहज भएको छ,,यस्तो ब्यवस्था मिलाउने गाँउपालीकाका अध्यक्ष लगाएत सवै प्रति धन्यवाद दिन चाहन्छु” उनले भने । निवेदन दिएको लामो समय भएको हुदा कुनै राहत पाउने आसमा रहेका थिएनौ ,गाँउपालीकाले राहत लिन वोलाए पछि ढिलै भए पनि राहत पाइएको छ शाहीले भने ।

किसानहरु लाई सहज होस भनेर गाँउपालीकाले नगद भन्दा चामल सहयोग गरेको गाँपालीका अध्यक्ष हरिचन्द्र वस्नेतले वताए । गाँउपालीकाको राहत तथा उद्धारकोष वाट राहत स्वरुप किसानहरु लाई चामल वितरण गरिएको अध्यक्ष वस्नेतले जानकारी दिए । “वाढी पिडितको निवेदन गाँउपालीकामा आए पछि आफै प्रत्यक्ष प्रभावित स्थाहरुमा गएर आए, धेरै किसानहरुको वाली सहितको जमिन वगाएको छ , उनिहरु लाई दैनिक छाक टार्न समेत समस्या देखिएको हुदा गाँउपालीकाका तर्फवाट थोरै भए पनि राहत उपलब्ध गराएको छौ ” अध्यक्ष वस्नेतले भने ।

वाढी वाट प्रभावित कुशे गाँउपालीका ४ का २२ जना किसानहरु लाई प्रति किसान ३ सय के.जि चामल वितरण गरिएको कुशे गाँउपालीकाका कार्यकारी अधिकृत थानेश्वर भण्डारीले जानकारी दिए । “कतिपयको प्रहरीको मुचुल्का र किसानको निवेदन समयमा प्राप्त नहुदा केही छुटेका छन , वडा कार्यालय मार्फत सवै संकलन गर्न निदेर्शन गरिएको छ,तिहार लगतै वाकी राहत वितरण हुन्छ” उनले भने । जतिले आवश्यक कागजात सहित गाँउपालीका निवेदन दिएका छन सवैलाई राहत वाडिएको कार्यकारी अधिकृत भण्डारीले वताए ।

पाक्नै लागेको वाली वाढीले वगाए पछि पिडीत भएका कुशे गाँउपालीका ४ का कृषकहरुलाई गाँउपालीकाले तिहार मान्नको लागी राहत स्वरुप चामल वितरण गरेको छ । किसानको जग्गाको क्षेतीको विवरणका आधारमा गाँउपालीकाले तिहार मान्नको लागी तत्काल राहत स्वरुप मंगलवार २२ जना किसानहरु लाई चामल वितरण गरेको हो ।

गत साउनमा स्थानीय पुल्तीखेलामा आएको वाढीले कुशे गाँउपालीका ४ को वालुवागाँउमा भएका सवै खेति योग्य जमिनहरु वगाएको थियो ।

 

फोटो क्याप्सन ः १) कुशे गाउपालीकाका ४ नम्बर वडाकी किसानहरु लाई राहत स्वरुप चामल हस्तान्तरण गर्दै कुशे गाउपालीका जाजरकोटका अध्यक्ष हरिचन्द्र वस्नेत । तस्वीर दिपेन्द्र शर्मा जाजरकोट

प्रतिक्रिया दिनुहोस्