माओवादीका सबै मन्त्री विनाविभागीयः कमल थापाकाे गृहमन्त्री हुने सपना चुर, ऊर्जामा सिमित



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका सबै मन्त्रीहरुलाई विनाविभागीयमा सारेका छन् । माओवादी केन्द्रले सरकार नछाड्ने निर्णय गरेलगत्तै प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीयमा थन्क्याउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई ऊर्जामन्त्री बनाएका छन् ।

प्रधानमन्त्री देउवाले यसअघि राप्रपाका चारजनालाई विनाविभागी मन्त्री बनाएका थिए । त्यसैगरी अन्य चारजनालाई राज्यमन्त्रीमा नियुक्त गरिए पनि माओवादीले सरकार नछाडेपछि विनाविभागीयमा राखिएको थियो ।

नेकपा माओवादी केन्द्रबाट देउवा सरकारमा कृष्णबहादुर महराका उपप्रधान तथा परराष्ट्र मन्त्री, जनार्दन शर्मा  गृहमन्त्री र शिवकुमार मण्डल आपूर्ति मन्त्री थिए । त्यसैगरी आशा कोइराला महिला, बालबालिका तथा समाजकल्याणमन्त्रीको जिम्मेवारीमा थिइन् ।

त्यसैगरी सामान्य प्रशासन मन्त्रीमा टेकबहादुर बस्नेत थिए भने महेन्द्रबहादुर शाही ऊर्जा मन्त्री थिए । प्रभु साह सहरी विकास मन्त्रीको जिम्मेवारीमा थिए ।

प्रतिक्रिया दिनुहोस्