रौतहट,  जिल्लाको मौलापुर नगरपालिकामा एक चोरसमुुहले गएराति सुुरुङ खनेर लाखौँ मूल्य बराबरको धनमाल चोरी गरेको छ ।

सोमबार मध्यरातमा चोरले सुुरुङ खनेर मौलापुुर नपा–१ मर्यादपुुर टोलस्थित छुुट्टाछुट्टै घरबाट नगद, गरगहना तथा अन्य सामान गरी रु छ लाख बराबरको सामान चोरी गरी लगेको पीडितले बताएका छन् ।

मौलापुुर नगरपालिका–१ का वडाध्यक्ष रामप्रवेश यादवका अनुुसार सोमबार राति १२ र १ बजेको बीचमा घरधनी सुतिरहेको अवस्थामा चोरले हृदयबैठा धोबी, महेन्द्र साह कानुु, रामाज्ञा यादव, भजुुराम महतो, राधेश्याम पटवा, सुुरुज तिवारीको घरमा सुुरुङ खनेर रु छ लाख बराबरको धनमाल लुुटी लगेका हुन् ।

चोरले धोबीको घरबाट नगद रु दुुई लाख, चाँदीको हँसुुली एक थान, चाँदीको गोँडाइ दुई थान, कानुुको घरबाट नगद रु ४० हजार, यादवको घरबाट नगद रु ५० हजार लुटी लगेको वडाध्यक्ष यादवले बताउनुभयो ।

त्यसैगरी, महतोको घरबाट नगद रु एकलाख ५० हजार, पटवाको घरबाट रु ६० हजार र तिवारीको घरबाट नगद रु एक लाख र एकथान लाभा कम्पनीको साधारण मोबाइल सिमसहित चोरेको वडाध्यक्ष यादवले जानकारी दिनुुभयो ।

पीडित भजुुरामले छोरीको विवाहपछि गौँना बिदागिरी (विदाई गर्ने) कामका लागि रकम जोडजाम गरेका थिए भने राधेश्यामले आगामी पूर्णिमामा मर्यादपुरमा लाग्ने मेलामा व्यापार गर्नका लागि सोमबार मात्रै बैंकबाट झिकेर ल्याएको पीडितले बताएका छन् ।

त्यसैगरी, काठमाडाँैमा ठेक्कामा काम गरिरहेका सुुरुज तिवारीको छोरा हरिराम तिवारीले जग्गा खरिद गर्न दुुई दिनअघि मात्र पैसा लिएर घर आएका थिए । बाहिरबाट पैसा आएको घर मात्रै छानीछानी चोरी भएकाले चोर समूह नजिकैको हुनसक्ने पीडितले अनुुमान गरेका छन् ।

इलाका प्रहरी कार्यालय, विजयपुुरका प्रमुख धर्म मुुडभरीले दीपावली र छठपर्वको मुखमा यसरी चोरी हुुनु दुःखद् भएको बताउँदै घटनाबारे छानबिन भइरहेको जानकारी दिनुुभयो ।

मर्यादपुुरबाट मात्र दुुई किलोमिटर दक्षिण मौलापुरमा प्रहरी चौकी र दुुई किलोमिटर उत्तर सन्तपुुर दोस्तीयामा इलाका प्रहरी कार्यालय रहेपनि नियमित गस्तीको अभावका कारण पर्वको मुखमा चोरीको घटनामा वृद्धि भएको स्थानीयले गुुनासो गरेका छन् ।
रासस

LEAVE A REPLY