काठमाडौंमा १० बजेपछि देउसीभैलो खेल्न नपाइने



नेपाल समाचारपत्र,काठमाडौं ।
काठमाडौंमा १० बजेपछि देउसीभैलो खेल्न प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार सूचना जारी गर्दै राति १० बजेसम्म मात्र देउसीभैलो खेल्न आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले मंगलबार सूचना जारी गरी १० बजेभन्दा पछि देउसीभैलोखेलेमा कारबाही गर्ने बताएका छन्।
‘तिहार पर्वको उपलक्ष्यमा खेलिने देउसी, भैलो कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि त्यस्ता कार्यक्रमहरु गर्दा सम्बन्धित घरधनीको सहमति लिइ बिना करकाप बेलुकी १० बजेसम्म मात्र मनाउनुहुन अनुरोध गरिन्छ’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै पटका भुइचप्पाजस्ता प्रज्वलनशील पदार्थको उत्पादन, आयात, बिक्री वितरण र प्रयोग नगर्न पनि काठमाडौं जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्