गृह मन्त्रालयमा गच्छेदारकाे दावि, निधिकाे टाउकाे दुखाइ, कमल थापा भए बिचरा !



काठमाडौं । माओवादी मन्त्रीहरुले सरकार छाड्ने भएपछि गृह र परराष्ट्र मन्त्रालयमा नयाँ मन्त्री र कांग्रेसका मन्त्रीहरुबीच नै मारामार सुरु भएको छ । सोमबार मात्र कांग्रेसमा एकता गरेका बिजयकुमार गच्छेदारले गृह मन्त्रालयको दाबी गरेका छन् ।
गृहमन्त्री शर्माले २ बजे पत्रकार सम्मेलन गरेर बाहिरिन थालेपछि रिक्त हुने गृहमा गच्छेदारका साथै सपथ खाएर पनि जिम्मेवारी नपाएका कमल थापाकाे के हुने हाे हेर्न बाँकी छ । तर, चुनावको बेला भएकाले कांग्रेस नेताहरुले गृह मन्त्रालय आफैंले राख्नुपर्ने दबाब प्रधानमन्त्री शेर बहादुर देउवालाई दिएका छन्  । गच्छेदारलाई गृह नदिन कांग्रेस नेता बिमलेन्द्र निधी नै लागेका हुन् । गच्छेदारलाई गृह दिदा पार्टीमा आफु कमजोर हुने निधिको चिन्ता छ ।

प्रतिक्रिया दिनुहोस्