भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निवासमा आगलागी, महत्वपूर्ण दस्ताबेज जलेर नष्ट



काठमाडौं । भारतीय प्रधानमन्त्री निवासमा आगो लागेको छ ।

प्रधानमन्त्री निवासको कोठा नम्बर २ सय ४२ मा आगो लागेको भारतीय संचारमाध्यमले जनाएका छन् । समाचार एजेन्सी एएनआइका अनुसार विहान साढे तीन बजे उक्त आगलागी भएको हो । आगलागी भएपछि दमकल र सुरक्षा कर्मीले आगो नियन्त्रण लिएका थिए ।

उक्त आगलागीबाट प्रधानमन्त्रीका महत्वपूर्ण दस्ताबेजहरु जलेर नष्ट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्