बक्सर अनिललाई आर्थिक सहयोग



 

काठमाडौं, (नेस)
मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका १०औं सागका कांस्य विजेता बक्सिङका पूर्वराष्ट्रिय खेलाडी अनिल गुरुङलाई आर्थिक सहयोग पुर्याइएको छ।

नेपाल बक्सिङ संघले सोमबार एक कार्यक्रममको आयोजना गर्दै मकाउमा रहेका पूर्वराष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको संस्थाले मकाउबाट संकलित १ लाख २ हजार २ सय ७५ रुपियाँ गुरुङका धर्मपत्नी मीनकुमारी गुरुङलाई प्रदान गरेका हुन्। संघका अध्यक्ष राम अवाले तथा हाल मकाउमा रहेका पूर्वबक्सर श्याम गिरीलगायतले अनिलकी धर्मपत्नीलाई रकम हस्तान्तरण गरेका थिए।

गुरुङलाई सहयोग गर्नेहरूमा ओलम्पियन मानबहादुर श्रेष्ठ, सुरेश चौधरी, सुशील घिमिरे, अजित गुरुङ, टीकाराम भण्डारी, राजेन्द्र धामी, प्रभु थापा मगर, सुभाष थापा मगर, राजकुमार राजभण्डारी, राजन डंगोल, रेशम थापा, चित्रबहादुर गुरुङ, श्याम गिरी, उद्धव कुमार, निमबहादुर रेउले, लक्ष्मीप्रसाद तथा प्रकाश श्रेष्ठ रहेका छन्।

संकलित रकम हस्तान्तरणपछि अध्यक्ष अवालेले सहयोगी सम्पूर्ण मनहरूलाई धन्यवाद दिएका थिए। अध्यक्ष अवालले बक्सिङका पूर्वअन्तर्राष्ट्रिय रेफ्री मञ्जुजंग थापा पनि फोक्सोको समस्याका करण थला परेको जानकरी गराउँदै संघको पहलमा उनको उपचारका लागि पनि कम्तीमा १ लाख रुपियाँ सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्