अस्ट्रियाको चुनावमा सेबास्टियनको पार्टीलाई अग्रता



 

भियना, (एजेन्सी)
अस्ट्रियाको पिपल्स पार्टी देशमा सम्पन्न आम चुनावमा विजयको संघारमा पुगेको छ। यो जितसँगै अनुदारवादी मानिएको पिपल्स पार्टीको नेतृत्व गरिरहेका ३१ वर्षीय युवा सेबास्टियन कर्ज चर्चाको शिखरमा पुगेको छ।

पिपल्स पार्टीको जितेमा सेबास्टियन कर्ज विश्वमा सबैभन्दा कम उमेरका राष्ट्र प्रमुख हुनेछ। चुनाव विश्लेषकहरूका अनुसार अस्ट्रियाका पिपल्स पार्टी ३१ प्रतिशत मत हासिल गर्न सक्ने बताएका छन्।

यद्यपि अहिलेसम्म सोसल डेमोक्र्याट्स र घोर दक्षिणपन्थी भन्ने गरिएको फ्रिडम पार्टीमा कसले दोस्रो स्थान हासिल गर्छ, प्रस्ट भइसकेको छ। यदि सेबास्टियन कर्ज बहुमतबाट झिनो मतले चुकेमा उसले आप्रवासीविरोधी फ्रिडम पार्टीसँग गठबन्धनका लागि प्रयास गर्न सक्ने अनुमान गरिएको छ।

आफ्ना समर्थकहरूलाई सेबास्टियनले भने– ‘यो देशको परिवर्तनको समय हो। आज हामीलाई अत्यन्त मजबुत जनादेश प्राप्त भएको छ, यो देशलाई परिवर्तन गर्नका लागि हो। यसलाई सम्भव बनाउने सबैलाई म धन्यवाद दिन चाहन्छु।’

यो चुनावपूर्व सेबास्टियनले अस्ट्रियाको अहिलेसम्मकै युवा विदेशमन्त्रीका रूपमा आफ्ना जिम्मेवारी निभाइसकेका छन्। सन् २०१३ मा उनलाई यो जिम्मेवारी दिइएको थियो। त्यतिबेला उनी २७ वर्षका मात्र थिए। सन् २०१७ मा उनी पिपुल्स पार्टीको नेतृत्वमा पुगे।

उनले आफ्नो राजनीतिक जीवनीको शुरूआत पार्टीको युवा भ्रातृ संगठनबाट गरेका थिए। भियनाको सिटी काउन्सिलका लागि चयन हुनुअगाडि उनले युवा संगठनको नेतृत्व सम्हालेका थिए।

अस्ट्रियाको राजनीतिमा उनलाई वुन्डरवुज्जीको नामले चिनिन्छ। यसको अर्थ ‘त्यस्तो व्यक्ति जो पानीमा पनि हिँड््न सक्छ’ भन्ने हुन्छ। उनको तुलना फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग भइरहेको छ।

मतदानमा खसेका मतमा ठूलो हिस्सा आफ्नो पक्षमा पार्न सफल भए पनि सेबास्टियन बहुमतबाट टाढै छ। यदि चुनावी नतिजाको भविष्यवाणी सही भएमा उनले फ्रिडम पार्टीसँग गठबन्धन गर्नुपर्ने हुन्छ।

सोसल डेमोक्रइट्स र पिपल्स पार्टीको गठबन्धन पछिल्लोपटक टुटेको थियो र यसपटक उनीहरूको गठबन्धन दोहोरिने सम्भावना कम रहेको अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्