सगालैको बारीमा राजेश हमाल नाचेपछि



धनवीर दाहाल मुसिकोट रुकुम (पश्चिम) ।
नेपाली चलचित्र जगतका महानायक राजेश हमाल पाँच बर्षपछि फेरी रुकुम पुगेका छन् । रुकुम जिल्ला एउटै हुँदा रुकुम आएका राजेश हमाल पाँच बर्षपछि रुकुम पुग्दा उनले प्रयोग गरेको मञ्च पश्चिम रुकुमको भइसकेको थियो । मुसिकोटमा आयोजित कार्यक्रममा महानायक राजेश हमालले रुकुमेली जनताको आफुले धेरै माया पाएको बताए । आफु दर्शकहरुको बिचमा रमाउन धेरै चाहने व्यक्ति भएकोले दर्शककै बिचमा रहन मन लाग्ने उनले बताए । रुकुम (पश्चिम) को सदरमुकाम मुसिकोट खलंगाको बराहटाकुरामा जारी रुकुम पर्यटन तथा सांस्कृतिक महोत्सवमा शोमबार उनले रुकुमेली कलाकार तिलक परियारको सगालैको बारीमा तोरि हरियो टप्पा गितमा आफ्नो नाच देखाएका छन् । पश्चिम रुकुमको मुसिकोट नगरपालिका स्थित साँख गाँउ एैतिहासिक पर्यटकिय क्षेत्रको नामबाट बनाइएको गित मध्यपश्चिममा निकै चर्चित टप्पा गित हो । गायक तिलक परियार र गायीका शान्तिश्री परियारले गाएको सो गित निकै चर्चामा छ ।
महोत्सवमा तिलक परियारले सो गित गाउँदा राजेश हमाल स्वतस्र्फुत नाच्न मच्चमा उक्लीएका थिए । दर्शको निकै साथ पाएका हमालले निकैबेर नाचेका थिए । गत असोज १९ गतेबाट सञ्चालन भएको महोत्सवमा चर्चित राष्ट्रिय कलाकारहरुले हरेक दिन आफ्नो प्रस्तुती राखिरहेका छन् । गायक बिष्णु खत्री, रामजी खाँड,किरणबाबु पुन, तिलक परियार, अमित परियार तथा गायिक भुमिका गिरी र हास्य कलाकारहरु कमल गाँउले, केदार घिमिरे माग्ने बुढा लगाएतले आफ्नो प्रस्तुती देखाएका थिए । महोत्सवको मुख्य आकर्षणको रुपमा मुरुभूमिमा पाइने जनावर उँट देखिएको छ । महोत्सव हेर्न आउने अधिकांश अवलोकनकर्ताले उँट हेरेर मात्र फर्किने गरेका छन । उँटले गालामा किस दिएर माया गर्ने, नेपाली गीतमा नाच्ने, ह्यान्डचेक गर्ने लगायतका विभिन्न प्रस्तुतिहरु देखाउने गरेको छ । उँट बुटवलका शिवलाल गौतमले महोत्सवको प्रदर्शनका लागि जिल्लामा पहिलोपटक भित्र्याएका हुन् । २ वर्षअघि भारतको राजस्थानबाट उनले १० लाखमा उँट ल्याएका हुन् । कार्यक्रममा गाँउ गाँउबाट दर्शकहरु आएको आयोजक समितीका संयोजक डिल्ली परियारले बताए ।

प्रतिक्रिया दिनुहोस्