डा. गोविन्द केसीको स्वास्थ्य अवस्था निकै जटिल, आइ.सि.यु मा सार्ने तयारी



काठमाडौं । अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य गल्दै गएको छ । प्रतिदिन स्वास्थ्य अवस्था कमजोर बन्दै जानु र शरीरले स्लाइन पानीसमेत वेलाबखत नलिएपछि चिकित्सकहरू चिन्तित बनेका छन् । मेडिकल टिमकी संयोजक डा. दिव्या सिंहका अनुसार डा. केसीको स्वास्थ्य अवस्था निकै जटिल मोडमा पुगेको छ ।

स्वास्थ बिग्रँदै गएपछि केसीलाई आइसियूमा सार्न तयारी अवस्थामा राखिएको चिकित्सक डा. सुवास आचार्यले बताए । अहिले केसीको श्वासप्रश्वासमा समेत समस्या देखा पर्न थालेको छ । आइतबारको रिपोर्ट हेरेपछि केसीको स्वास्थ्य अवस्थाप्रति उपचारमा संलग्न चिकित्सकहरू नै चिन्तित बनेको डा. आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्