कांग्रेस नेता ८८ किलो सुनतस्करीका मुख्य एजेन्ट, नेपाल–चीन केरुङ्ग व्यापार संघका अध्यक्ष तामाङ पक्राउ



काठमाडौँ । ८८ किलो सुनतस्करीका मुख्य एजेन्ट नेपाली कांग्रेसका नेता मानबहादुर तामाङ पक्राउ परेका छन । सोमबार प्रहरीले ८८ केजी सुन तस्करीमा मुख्य भूमिका खेलेका कांग्रेस नेता नेपाली एजेन्ट मानबहादुर तामाङलाई पक्राउ गरेका हो । महानगरीय प्रहरी महाशाखाको टोलीले तामाङलाई स्वयम्भूबाट पक्राउ गरेको हो । नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभाका रसुवाबाट समानुपातिक सिफारिसमा परेका व्यक्ति हुन । उनी नेपाल–चीन केरुङ्ग व्यापार संघका अध्यक्ष समेत हुन् । सुन काण्डमा पक्राउ परेका अन्य अभियुक्तले तामाङको सहयोगमा सुनतस्करीमा सहभागी भएको बताएपछि उनई प्रहरीले पक्राउ गरेको हो । प्रहरी टोलीले भदौ १९ गते बिहान क्षेत्रपाटीमा पार्किङ गरिरहेको अवस्थामा ८८ केजी सुनसहित चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको थियो ।
(तस्बीरः तामाङको फेसबुक)

प्रतिक्रिया दिनुहोस्