‘नेपालमा सुरुङ निर्माणलाई उच्च प्राथमिकता’



काठमाडौं । भौतिक पूवाृधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले नेपालको भूवनोट अनुसार सुरुङ माग उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । उहाँले नेपाल विकासको गतिमा अघि बढिरहेको बताउदै सडक सुधार र बिकासका लागि सुरुङ्ग मार्ग अत्यन्त प्रभावकारी हुने बताउनुभएको हो ।
जापानको साताब्यापी भ्रमणमा रहनु भएका भौतिक पुर्वाधार तथा यातायात मन्त्री बलायर र जापानका संसदीय उपमन्त्री तथा भुमी, पुर्वाधार, यातायात र पर्यटन मन्त्री कात्सुनोरी ताकाहान्सीबीच भएको भेटमा सो कुरा बताउनुभएको हो ।
मन्त्री बलायरले जापानले नेपालको भौतिक पुर्वाधारको क्षेत्रमा गरेको सहयोगको प्रशंसा गर्नुहुदै आउदा दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गर्नुभयो । नेपालको भू वनोट अनुसार सुरुङ्ग मार्ग अत्यन्त प्रभावकारी हुनेमा मन्त्री वलायरले जोड दिनुभएको थियो । जवाफमा जापानी उपमन्त्री कात्सुनोरी ताकाहान्सीले नेपाल जापानको असल मित्रराष्ट्र भएको बताउनु हुँदै जापान नेपालको विकासका लागि सदैव सकारात्मक रहेकोमा बताउनुभएको थियो ।
उपमन्त्री ताकाहान्सीले नेपालमा सुरुङ्ग मार्ग निर्माण जापान सरकारको पहिलो प्राथमिकता रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । जापान भ्रमणमा मन्त्री बलायरका साथ मन्त्रालयका सचिव देवेन्द्र कार्की , सह–सचिव, सडक बिभागका महानिर्देशक लगायतका सदस्यहरु रहनु भएको छ । साता व्यापी जापान भ्रमणमा रहनुभएका मन्त्री वलायले जापानमा निर्माण भएको सुरुङ मार्गको अध्ययन गर्नुहुने कार्यक्रम रहेको उहाँको प्रेस संयोजक रमेश जोशीले बताउनुभयो । जोशीका अनुसार मन्त्री वलायर आगामी बुधवार स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्