सोमालियाको खतरनाक हमलामा ज्यान गुमाउनेको संख्या २७६ पुग्यो



मोगादिसु । सोमालियाको राजधानी मोगादिशुको एक सफारी होटेलमा शनिबार भएको विष्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या २७६ पुगेको समाचार छ । सोमालियाका सभामुखले सोमबार दिएको जानकारीअनुसार सो आक्रमणमा ज्यान जाने सर्वसाधारण नागरिकको संख्या २७६ पुगेको छ । अरु कैयौँ घाइते छन् । दर्जनौँ घाइतेको अत्यन्तै गम्भीर अवस्थामा अस्पतालमा उपचारभइरहेको छ । सोमालियाली अधिकारीहरुले उक्त आक्रमणबाट घाइते भएका व्यक्तिको सङ्ख्या पनि करिब ३०० रहेको जनाएका छन् । यो हमलालाई निकै दर्दनाक भनिएको छ ।

शनिबार सोमालियाली राजधानी मोगादिसुको एक अति ब्यस्त बजारलाई लक्षित गरी सो आतङ्ककारी हमला गरिएको थियो । एउटै आक्रमणमा त्यति धेरै नागरिकको ज्यान गएको छ । सोमालियाका सभामुख अबसिर अफसर मोहम्मदले मारिने व्यक्तिको सो संख्याको पुष्टीगर्दै सो आक्रमणपछिको अवस्थाको बारेमा सहयोग गर्न आग्रह पनि गरे ।

उनले भने, हामी सोमालियाको माथिल्लो संसदका सबैजना सदस्य ती मृतकहरु राखिएका अस्पतालमा पुगेर उनीहरुको अन्ति संस्कारमा सहभागी भएका छौँ । प्राप्त पछिल्लो विवरण अनुसार घटनामा अझै पनि ३०० जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको अवस्था अत्यन्तै गम्भीर रहेको पनि समाचारमा जनाइएको छ ।

मृतकमध्ये अधिकांशको शरीर डढेर पहिचान गर्न नसकिने अवस्थामा रहेको बताउँदै प्रहरी अधिकारी इब्राहिम मोहम्मदले बताउनुभयो । अहिलेसम्म २७६ जनाको मृत्यु भएको छ भने ३०० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । एम्बुलेन्स सेवाका निर्देशक अव्दुलकदिर अव्दिरअहमान अदेमले विष्फोटका कारण शनिबार नै घटनास्थलमा ८५ जनाको मृत्यु भएको बताएका थिए । ।

तर घटना गम्भीर प्रकृतिको भएकोले मृतक वा घाइतेको सङ्ख्या अझै धेरै रहेको त्यस समयमा मृतक सङ्ख्या अझै केही बढ्नसक्ने उनले बताए । विष्फोटको जिम्मेवारी आइतबारसम्म कुनै समूहले लिएको छैन । यो आक्रमणलाई सोमालियाको इतिहासमा नै सबैभन्दा खतरनाक हमलाको रुपमा लिइएको छ । सो हमलाबाट घाइते भएका नागरिकलाई रक्तदान गर्न ठूलो संख्याका सर्वसाधारण लाम लागेर अस्पतालकोअगाडि बसेका थिए । उनीहरुमा सो आक्रमणको त्रास फैलिएको थियो ।

यस हमलाको सर्वत्र निन्दा गरिएको छ । संयुक्त राज्य अमेरिकाले यस हमलाबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । यसमा संलग्न आतंककारीलाई कानुनी दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न उसले माग गरेको छ । त्यस्तै अफ्रिकन युनियनले पनि सो हमलाको कडा शब्दमा निन्दा गरेको छ । उक्त युनियनले सोमालियामा आतंकवाद उन्मूलनका लागि सघाउन विश्व समुदायसँग पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्