फेवातालमा प्याराग्लार्इडिङ दुर्घटना, चालक र यात्रुको उद्धार



नेपाल समाचारपत्र, काठमाडौ ।

कास्कीको सराङकोटबाट उडेका यात्रुसहितका सातवटा प्याराग्लाइडिङ फेवातालमा खसेको छ । दिउँसो करिव १ बजे सराङकोटबाट उडेको केहि समयपछि नै तीव्र गतिको हावाका कारण अनियन्त्रित भइ फेवातालमा खसेको जनाईएको छ ।

ग्लाइडरसहित फेवातालमा खसेका सातजना यात्रु र सात जना पाइलट सकुशल छन् ।

पाइलटको सही निर्णयले यात्रुलाई फेवातालमा सुरक्षित अवतरण गराइएको बताईएको छ । हावाको चाप अनुसार विस्तारै सुरक्षित रुपमा तालमा झारिएको हो ।

प्याराग्लाइडर तालमा खसेलगत्तै त्यहाँ तैनाथ उद्धार डुंगाहरुले तत्कालै उद्धार गरेकाले कुनै मानवीय क्षति भने हुन पाएन् ।

प्रतिक्रिया दिनुहोस्