नेपाली कांग्रेस प्रदेशतर्फका समानुपातिक उम्मेदवार ८८ किलोका अर्का सुन तस्कर !



काठमाडौँ । चीनको केरूङ हुँदै रसुवागढी नाकाबाट तस्करी गरी ल्याइएको ८८ किलो सुन प्रकरणमा सोमबार एकजना व्यापारी पक्राउ परेका छन् ।

यो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीले नेपाल–चीन केरूङ व्यवासयी संघका अध्यक्ष मानबहादुर तामाङलार्इ सोमबार पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङ मंसिरमा हुने निर्वाचनका लागि प्रदेश सभातर्फ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस रसुवाबाट समानुपातिकबाट उम्मेदवारका रूपमा सिफारिस गरिएका व्यक्ति रहेको खुलास भएको छ । तामाङले चिनियाँ व्यापारीसँग मिलेर होटलहरूमा पनि लगानी गरेको भेटिएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीका अनुसार ८८ किलो सुन तस्करीमा संलग्न भएको प्रमाण भेटिएपछि तामाङलार्इ सोमबार स्वयम्भूको ठुलोभर्याङबाट पक्राउ गरी हिरासतमा लिइएको छ ।

८८ किलो सुन चीनको केरूङ नाकाबाट रसुवागढी हुँदै राजधानीसम्म ल्याउने काममा मूख्य भूमिका खेलेको भेटिएपछि तामाङलार्इ पक्राउ गरिएको लोहनीले बताए ।

प्रतिक्रिया दिनुहोस्