बाल्यकालमै छोटो स्कर्ट लगाउन मन लाग्थ्यो: स्वस्तिमा खडका



गणितमा कमजोर मेरो जन्म धनकुटा भएपनि म हुर्केको काठमाडौँमा हो । मेरो जन्म २०५२ सालमा भएको हो । म त्यही दुई वर्षको हुदाँ यहाँ आएको हो । अहिले म २२ वर्षको भए । मेरो परिवारमा बाबा, ममी, दाई र भाई थियौ भने विवाह पछि घरमा निश्चल, निश्चलको बहिनी, आमा र बुबा छौ । मेरो बुबा आर्मी हो । बाबाको सिफ्टिङ्ग भईरह्न्थ्यो । बाबाको सिफ्टिङ्ग धनकुटामा भएको बेलामा म त्यही जन्मिए ।

मैले स्कुल २ वर्ष हुदाँ शुरु गरेको हो । शुरुमा शान्तिनगरको न्यू दिर्घायू बोर्डिङ्ग स्कुलमा नर्सरी देखि कक्षा एक सम्म पढे । त्यसपछि दुई र तीन प्रिन्सटनमा पढेपछि लगातार सैनिक स्कुलमा पढाई पुरा गरेँ । एस।एल।सी। मैले २०६७ मा दिएको हो । पढाईमा म ठिकै थिए । अग्रेजी, नेपाली, विज्ञान विषयमा राम्रो थियो । गणितमा एकदमै कमजोर थिए । गणितमा कमजोर र चित्र बनाउन मन लाग्ने भएकोले मैले आर्किटेक्ट शुरु गरेँ । म बोर्डमा फेल नभए पनि त्रैमासिक परिक्षामा धेरै पटक फेल भए ।

गणितमा पाँच छ बटा सेक्सन मध्यमा कम मेरो नै आउँथ्यो । तर, म बोर्डमा पास हुन्थेँ । गणित अहिले पनि सक्दिन । पढाईमा बुबा ममी पहिल्यै बाट कडा हो । एकदमै कडाइ गर्नुहुन्थ्यो । गणितमा राम्रो भई दिए हुन्थ्यो भन्नु हुन्थ्यो । तर, म निकै कमजोर थिए ।पढाईलाई निकै प्राथमिकता दिनु हुन्थ्यो । फेल भएर पिटाई खाएको पनि छु । बाबा निकै कडा हुनुहुन्थ्यो । मेरो रिजल्ट लिन स्कुल आउनु भएको थियो एक पटक । त्यो बेलामा साथीहरुको अगाडी पिटाई खाएको याद छ मलाई । त्यो बेलामा म कक्षा–५ मा थिए । सायद म दुई वटा विषयमा फेल भाथेँ ।

किशोर अवस्था मलाई सबैले अहिले पनि बच्चा जस्तो छौ भन्नुहुन्छ । मेरो शारिरीक विकास अलि ढिला भएको हो जस्तो मलाई लाग्छ । साथीहरु किशोरअवस्थामा पाको देखिन्थेँ भने म अलि बच्चै देखिन्थेँ । आफूमा किशोर अवस्था कक्षा ८ पढ्दा बाट शुरु भएको हो जस्तो मलाई महसुस हुन्छ । त्यो बेलामा मलाई छोटो स्कर्ट लगाउन मन लाग्थ्यो । म स्कुल देखि नै एक दमै बदमास विद्यार्थी हो ।

सैनिक स्कुलमा पढेको भएर स्कुल निकै कडा थियो । स्कुलमा जस्तो कुरामा पनि म फसी हाल्थेँ । धेरै केटाहरुको सङ्गत नै थिएन । केटीहरुको ग्रुपमा धेरै रमाउँथे । ग्रुपमा भएको बेलामा गाली र कुटाई खानेमा म जहिल्यै पर्र्थे । हाम्रो स्कुलमा केटाहरुले होस्टेल बस्नै पथ्र्यो । केटीहरु भने आफ्नो घर फर्किन पाउँथ्यो । कक्षा १०मा जसरी पनि होस्टेल बस्नै पथ्र्यो । होस्टेलमा साथीहरु मोबाईल लैजान्थे तर फस्ने बेलामा भने म फस्थेँ । कक्षामा पनि अरुले हल्ला गथ्र्यो फस्ने बेलामा मै फस्थेँ । म हेर्दा पनि अलिकती बदमास भएर पनि होला यस्तो यस्तो कुरामा फस्थेँ ।

विद्यालय छिर्न बितिक्कै मलाई एक जना टिचरले पानीमा भिज्यो भनेर नै एक घण्टा उठबस गर्न लगाउँनु भयो । त्यसपछि भोली पल्ट म टोईलेट पनि बस्न सकेको थिईन । मलाई घरमा पनि सबैले स्कुलमा गाली गर्नुभएको थियो । अहिले यो सबै सम्झिदा रमाईलो लाग्छ । कक्षा १०को शुरुको परिक्षा मै मेरो १०० मा ११ आएको थियो (लामो हासोँ ) त्यसपछि म आफैलाई एकदमै लाज लाग्यो ।

गणित पढाउने सर एकदमै सिरियस हुनुहुन्छ जस्तो मलाई लाग्छ । तर, म हावा भएकोले मलाई कसैले रुचाउनु हुन्न थियो । हावा र कमेडी टिचरहरुले भने आफ्नो छोरी झै माया गर्नु हुन्थ्यो । पहिलो त्रैमासिकमा ११ आयो भने दोस्रो परिक्षामा मेरो ४२ आएको थियो । सेन्टपमा पनि पास भए अनि एस।एल।सी।मा भने ८० प्रतिशत भन्दा बढी आएर पास भए । मेरो परिवारले यती आउँछ भनेर सोच्नु पनि भएको थिएन । त्यही भएर पनि म खुशी भएको हो ।

टिचरहरुको क्यारिकेचर गर्न गर्थे साथीहरु सगको सङ्गत राम्रो थियो । म साथी हरुलाई रमाईलो गराउनुपर्छ भन्ने खाल्को थिए । स्कुलमा टिचरहरुको क्यारिकेचर गर्ने गर्थे । कक्षामा कोही नभएको बेलामा पनि साथीहरुले टिचरहरुको क्यारिकेचर गर्न लगाउँथे । साथीहरु यो हेरेर त्यो हेरेर बनाउँछु भनेर पनि नहुदोँ रहेछ । साथीहरु सगको नाता राम्रो हुनुपर्छ । सानोमा त कसलाई साथी बनाउँछु बनाउँदिन भन्दा पनि जो सग मन मिल्छ हामी त्यसैको सङ्गत गर्छौ । सङ्गतले कति कुरामा चाहि हानी गर्छ ।

साथीहरुले जे गर्यो त्यही गर्न मन लाग्छ । केही हद सम्म यस्तो हुन्छ । त्यसमा आफूले आफैलाई कसरी कन्ट्रोल गर्न आफूमा निर्भर हुन्छ । मेरो श्रीमान र घर परिवारबाट मलाई ति साथीहरु सग टाढिएर बस है भन्नुहुन्छ । तर नचाहिने कुराबाट आफू प्रभावित नहुने हो जस्तो लाग्छ । त्यो बानी देखेर साथी नबनाउने हो भने कोही पनि हामी संग हुदैन । मान्छे अनुसार सबैमा एउटा नराम्रो बानी हुन्छ । ऊ र उसको बानी बेहोरा सगबाट आफू कतिको प्रभावित हुने भन्ने कुरा हुन्छ ।

केटासग नमिल्ने भएको कारण लव परेन म बच्चाबाट नै केटा जस्तो थिए । त्यहीभएर यो सबै कुरामा कहिल्यै ध्यान नै दिईन । मेरो साथीहरुमा पनि कसैको पनि ब्यफ्रेन्ड हुने भन्ने थिएन । म पहिल्यै बाट बच्चा जस्तो भए । कुनै सम्बन्धमा हुनु भनेको नराम्रो कुरा होईन । तर, आफूमा कुन हद सम्म काबु राख्न सकिन्छ भन्ने कुरा हो । आफूले पनि सोंच विचार गर्न कुरा हो । किशोर अवस्थामा हुने माया प्रेमलाई कस्तो अवस्थामा लिनुहुन्छ भन्ने कुरा हो । किशोर अवस्थामा कतिपय ठाँउमा हामी कोही माथी आर्कषित हुन्छौ । तर, त्यो मान्छेलाई कुन पारामा लिने भन्ने हो । कोही प्रति आर्कषित हुनु भनेको नराम्रो होईन ।

आमालाई निश्चल संगको सम्बन्धमा समस्या विवाह हुदाँ म २० वर्षको थिए । मेरो मागी सगै प्रेम विवाह भएको हो । म निश्चल संग सम्बन्धमा हुदाँ पनि विवाह गरिहाल्छु भनेर सोचेको थिईन । रिलेशनमा हुुन भन्दा पहिले देखि नै निश्चल राम्रो लाग्थ्यो । ऊ सेलिब्रेटी भई सकेको थियो मैले भने भर्खरै सिने क्षेत्रमा पाईला राखेकोे थिए । मलाई ऊ सामान्य मानिस लाग्छ । यो पनि एक किसिमको आर्कषण नै हो जस्तो मलाई लाग्छ । हामी विस्तारै बोल्दै गयौ भेट्यौ पनि । त्यसपछि मलाई झन् राम्रो लाग्न थाल्यो । रिलेशनमा बस्यौ तर मलाई चाहि विवाह पछि झन खुशी हुन्छौ जस्तो लागेर चाहि विवाह गरेको हो ।

विवाहको कुरा घरमा एक जना नजिकको मान्छेले लैजादाँ ममी अलि राजी हुनु भएको थिएन । ममीले छोरीलाई गाह्रो हुन्छ होला एक पटक सोच भन्नु हुन्थ्यो । मेरो घरमा मैले भनेको कुरा कहिल्यै पनि नाई भन्नु हुन्न । मैले सोचेरै यो कुराको निधो गरे होला भन्ने उहाँहरु सोच्नु हुन्छ । ममीलाई चाहि पछि पछुताउँछु की भन्ने थियो । तर, विस्तारै परिवार र निश्चललाई भेटेपछि चाहि ठिकै रैछ भन्नु भयो ।

विवाह अघि र पछि को पल विवाह पछि जस्तो मैले सोच्थे त्यो पुरै बेग्लै हुदो रहेछ । अरुलाई हानिकारक नहुने गरी म आफ्नो जिवन जिउने गर्छु । मान्छे हरुलाई विवाह पछि एउटा सम्बन्धमा बाधिनु पर्छ । मान्छेहरु शारिरीरक र मानसिक रुपमा परिवर्तन हुन्छन । आफ्नो जिउने तरिका पनि पूरै फरक बनाउँछन । यो विषयमा म एकदमै विरुद्धमा छु । कतिपय कुरा परिवर्तन हुदो रहेछ तर म अरुको लागि नभएर आफ्नो लागि त्यो कुरा परिवर्तन गर्दै छु । विवाह पछि परिवारमा कामको विषयलाई लिएर पनि अर्कौ खालको दबाब हुन्छ । तर, यो कुरा मेरो श्रीमान र परिवारले नसोचे पनि समाजमा मान्छेले निकै वास्ता गर्दा रहेछन । तर, यी सबै कुरालाई म वास्ता गर्दिन । यो भनेको कसैलाई सम्झिाएर हुने कुरा होईन ।

मैले कसैलाई पढाएर यस्तो नसोच भनेर हुदैन । म आफू खुशी हुनलाई मात्र अरुको कुरा नसोचेर हुदैन । अरुलाई दुखमा नपारेर आफू खुशी हुन सिक्नु पर्यो । पढाई र काम यो सबै विस्तारै गरिरहेको छु । मेरो काम हो मेरो पढाई हो जसले जति जे भने पनि अन्त्यमा व्यवस्थापन गर्नु पर्ने मैले हो । म भने जसरी हुन्छ हुन्छ मेरो कुरामा अरुलाई बीचमा आउनदिन्न । अरुको कारणले म मेरो निर्णय कहिल्यै परिवर्तन गर्दिन । म जे काम पनि आफ्नो पारामा गर्छु तर अरुलाई चित्त दुखाउँदिन । हामी पब्लिक फिगर भएको कारणले पब्लिकको प्रतिक्रियाले कुनै कुरामा नमज्जा महसुस हुन्छ । परिवारको तर्फबाट दबाब भयो भने चाँहि म चाँडो रिसाउने मान्छे झन त्यो प्रेसरले गर्दा अरुलाई रिस पोखिरहेको हुन्छु ।

कहिले ममी कहिले निश्चल परिरहेको हुन्छ । पछि भने पछुतो हुन्छ । त्यो बेलामा मैले गर्न भनेको चाहि गीतहरु सुन्छु, सकारात्मक सोच राख्छु, कहिले काही योगा गर्नु पर्छ की जस्तो पनि लाग्छ एकदमै प्रेसर भयो भने तर सक्दिन उठ्न ।

निश्चल र मेरो सम्बन्ध निश्चल र म बूढा बूढी भन्दा पनि प्रेमी प्रेमिका जस्तो छौ । हामीदुवै जना बूढा बूढी भएपनि एकदमै गैर जिम्मेवार छौ । दुवै जनाको भर्खरै लव परेको जस्तो छ । काम देखि लिएर सबै कुरामा प्रोत्साहन गर्नुहुन्छ । अरुको कुरा सुन्नुहुन्न । विवाह गरिसकेपछि महिला घर मै बस्नुपर्छ भन्नुहुन्न । काम गर्दिए हुन्थ्यो भन्नु हुन्छ । हामी एउटै फिल्डबाट भएको कारण धेरै कुरा बुझ्दिनु भएको छ । म अरु संग रिसाएको छु भने पनि रिस चाहि उसैलाई पोख्ने गर्छु । झगडा उही संग पर्छ ।

किशोरकिशोरीको लागि मैले जिवनमा के सिकेको छु भने जिवनलाई सामान्य रुपमा लिएको राम्रो हुन्छ । परिवार, काम र पढाईको प्रेसर भनेको हरेकलाई हुने चिज हो । तर, आफ्नो जिवनमा अरुको शासन भने कहिल्यै पनि चल्न दिनु हुदैन । अरुलाई दुख नदिने हिसाबले आफ्नो जिवन आफ्नो पारामा जिउन सिक्नुपर्छ ।

जब सम्म हामी खुशी हुन्नौ त्यो बेला सम्म अरुलाई खुशी राख्न सकिन्न । त्यहीकारण जहिले पनि सकारात्मक सोच राख्नुपर्छ ।

-अभिनेत्री स्वस्तिमा खड्काको जिवनकथामा आधारीत

प्रतिक्रिया दिनुहोस्