उम्मेदवार छनोटले एमालेमा बबाल, माधव नेपाल बैठक छाडेर हिडे



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार छनौट समितिले सिफारिस गरेका भन्दा पनि आफ्ना निकटहरुको नाम एकलौटी रुपमा लिस्टमा राखेपछि एमालेमा बबाल भएको छ । उम्मेदवारी छनौटकै विषयमा विवाद चुलिएको एमाले स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार सामान्य छलफल गराएर एकलौटी रुपमा समानुपातिकको सुचि आयोगमा बुझाउन खोजेपछि अध्यक्ष ओली र नेपालबीच बैठकमै चर्काचर्की भएको हो ।आगामी मंसिरमा हुने निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बिषयलाई लिएर भएको विवादले गुठगत रुपमा अगाडी बढीरहेको छ । आयोगमा आइतबार बुझाइएको समानुपातिक तर्फको सुचिमा माधव कुमार नेपाल गुठले असन्तुष्टि जनाएपछि विवाद भइको हो। आइतबार दिनभर पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा स्थायी समितिको बैठकमा समानुपातिकको सुचि तयार गर्दा सहमति हुन सकेन । माधवकुमार नेपाल एमालले पठाएको बन्द सुचि नमान्ने भन्दै बैठक छाडेर हिडेका थिए ।

प्रतिक्रिया दिनुहोस्